विधेयकविरुद्ध कालोपट्टी बाँधेर सडकमा सञ्चारकर्मीको प्रदर्शन
काठमाडौं /मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मीहरूले हातेमालो प्रदर्शन गरेका छन्। काठमाडौंस्थित बबरमहलमा शनिबार दिउँसो विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीले विधेयकविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका सञ्चारकर्मीहरूले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरु मिडिया काउन्सिल विधेयक खारेज गरु संविधानको प्रस्तावनाको सम्मान गरु जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।
Read More

