उपनिर्वाचन २०७६ : लगातार नेकपाका उमेदवार बिजयी

 उपनिर्वाचनको मत परिणामले लगातार नेकपाका उमेदवार बिजयी बनाईरहेको छ । लम्जुङको सुन्दरबजार नगरपालिका २ मा मत परिणामले नेकपाका नविन कुमार श्रेष्ठ बिजयी भएका छन । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याए । कुल ११ मत बदर भएको थियो । त्यस्तै
सिन्धुपाल्चोकको ईन्द्रावती गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् । नेकपाका उम्मेद्वारले ७१२ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेद्वारले ४३९ मत प्राप्त गरेका छन् । यस अघि रोल्पाको थवागं, सल्ल्यान र कञ्चनपुरमा नेकपाले जित हात पारिसकेको छ ।