प्रहरीकै सामने चितवनमा पत्रकार सापकोटा माथि र्दुव्यवहार, दुर्घटना हुनबाट बचाईयो : एसपी मल्ल

चितवन /मंसिर १४/

                   चितवनको भरतपुर महानगरपालिका – १६ , श्री मा.वि ढ्डाघारी मतदान केन्द्रमा पत्रकार राजु सापकोटा माथि र्दुव्यवहार भएको छ। पत्रकार महासंघ चितवनका कार्यसमिति सदस्य समेत रहेका सापकोटा माथि नेकपाका कार्यकताहरुले खाना खाईरहेको लगाएतका गतिविधि क्यामेरामा कैद गरिरहेको बेला आक्रमणको प्रयास भएको हो ।

भरतपुर १६को ढ्डाघारी बुथमा सत्तारुढ नेकपाका कार्यकर्ताले सापकोटालाई प्रहरी प्रशासनकै अगाडि र्दुव्यवहार गरेका हुन् । आक्रोशित नेकपाका कार्यकर्ताहरुले कालिका मिडियाका समाचार प्रमुख समेत रहेका सापकोटालाई चितवनका एसपी दान बहादुर मल्लकै सामनेमा कुट्ने प्रयास गरेका थिए । क्यामारामा कैद गरेका विभिन्न भिडीयोहरु डिलिट गरी ज्यान बँचाएर त्यहाँबाट उम्कीएको प्रहरीकै अगाडी दुब्यबहारको शिकार भएका सापकोटाले बताए ।

सापकोटा माथि तुच्छ बोलि र व्यवहार हुदैँ गर्दा प्रहरी प्रमुख मल्ल लगाएतका सुरक्षा निकायका प्रमुखहरु नजिकै रहेपनि मुकदर्शक बनी बसेको सापकोटाको आरोप छ । सुरक्षा दिनुको साटो उल्टो खिचिएका भिडीयोहरु एसपी मल्लको दबाबमा आफुले डिलीट गर्न बाध्य भएको पत्रकार सापकोटाको गुनासो छ । स्थानीयहरुले सुरक्षा दिएर आक्रमण हुनबाट बचाएको सापकोटाले बताए। सापकोटा संगै श्री मा.वि ढ्डाघारीमा चितवनका वरिष्ठ पत्रकार महेन्द्र राज श्रेष्ठ र कृष्ण सुनुवारको पनि भिडीयो डिलिट गर्न लगाईएको बुझिएको छ ।

यसैबिच यो घटनाको बिषयमा बुझ्दा चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले स्थानिय युवाहरु खाना खाईरहेको भिडीयो खिचेका पत्रकारलाई आफुले आक्रोशित युवाहरुको भिडबाट बचाएको र सुरक्षित गराएको बताए ।

एसपी मल्ले भने कुटपिट र दुर्घटना हुन सक्थ्यो प्रहरीले भिड नियन्त्रण गर्दै पत्रकारलाई सुरक्षित स्थल तर्फ पठाईएको हो । बाहिर हल्ला गरेजस्तो प्रहरीले मुकर्दशर्क रहेको भए अप्रिय घटना हुनसक्थ्यो प्रहरीकै कारण पत्रकार कुटिनबाट बचेको एसपी मल्लको जिकिर छ ।