उपनिवार्चन २०७६ : चितवनका तीन वटा वडामा शान्तीपूर्ण एवं उत्साहजनक रुपमा मतदान चल्दै

चितवन/उपनिर्वाचनको क्रममा आज बिहानैदेखि चितवनका तीन वटै वडामा शान्तीपूर्ण एवं उत्साहजनक रुपमा मतदान भईरहेको छ । विहान ११ बजे सम्म चितवनका ३ वटै वडाको ६ हजार १९३ मत खसीसेको निर्वाचन कार्यलयले जनाएको छ । यो संख्या कुल मतदाता संख्याको ४७ प्रतिशत हो । चितवनमा प्रत्येक घण्टामा मतदान अपडेट सार्बजनिक भईरहेको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नंं १६, पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं।४ र ५ मा मतदान भईरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान अपरान्ह ५ बजेसम्म चल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यी तीनवटै वडामा सत्तारुढ दल नेकपा र नेपाली काँग्रेसबीच
कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेका छन् भने खैरहनी ४ मा दुई हजार ६९२ र खैरहनी ५ मा दुई हजार १११ जना मतदाता रहेका छन् । सबै मतदानस्थलमा मतदान शान्तीपूर्ण एवं उत्साहजनक रुपमा चलिरहेको चितवनका एसपी दानबादुर मल्लले जानकारी दिए । जल्लामा हालसम्म शान्तीपूर्ण रुपमा मतदान चलिरहेको र कुनै अवान्छीत गतिबिधी नभएको एसपी मल्लले बताए ।