| 
  • चितवनमा मनाइयो पुष्पलाल स्मृति दिवस

    चितवन/आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस । पुष्पलाल स्मृति प्रतिष्ठान चितवन शाखाले आज एक कार्यक्रम गरी दिवस मनाएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा अवस्थित प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा वामपन्थी निकट दलहरुको उपस्थिति रह्यो । कार्यक्रममा नेकपा एमाले चितवनका उपाध्यक्ष श्याम कुमार विष्ट, नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा…

    Read More
  • चितवन सेरोफेरो

    ईनर ह्विल क्लव अफ भरतपुरको १५औं पद हस्तान्तरण ।

    चितवन/श्रावण, ६/चितवनमा ईनर ह्विल क्लव अफ भरतपुरले आफ्नो १५औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले भरतपुरमा एक भब्य कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण गरिएको हो । डिष्ट्रिक ३५०का चियरमेन आई डब्लु कमला क्षेष्ठको उपस्थितिमा भएको पद हस्तान्तरण कार्यक्रममा क्लवकी निवर्तमान अध्यक्ष्य गीता सुवेदीले नवनिर्वाचित अध्यक्ष माया खराल निउरे नेतृत्वको कार्य समितिलाई पद पदहस्तान्तरण गर्नु…

    Read More
  • चितवन सेरोफेरो

    प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पोः अशक्तलाई घरमै नागरिकता

    दमौली,(तनहुँ)/जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता प्राप्त गर्दाको क्षण उनका अभिभावमा खुसीको सीमा थिएन । मातृबात्सल्य नपाइएकी नवीनालाई ७७ वर्षीया हजुरबुबा बासुदेव खनालले पालनपोषण गर्दै आउनुभएको छ । म्याग्दे गाउँपालिका–१ गुणादीकी नवीनाको जन्म विसं २०६२ माघ ११ गते भएको थियो । विसं २०६८ मा उनीले आमा गुमाएकी थिइन् । बुबा पहिचान नभएकी…

    Read More
  • चितवन सेरोफेरो

    नारायणघाट-बुटवल सडकः एक वर्ष म्याद थप्ने तयारी

    नवलपुर,(नवलपरासी)/चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिनुभयो । “निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा…

    Read More
  • अपराध/दुर्घटना

    पौडी खेल्ने क्रममा डुबेर नवलपुरको हुप्सेकोटमा एक बालकको मृत्यु

    मध्यविन्दु,(नवलपरासी)/नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न…

    Read More
  • चितवन सेरोफेरो

    चितवन निकुञ्ज घुम्ने पर्यटक घटे,गत वर्षको तुलनामा झण्डै २५ प्रतिशतले कमि

    भरतपुर,(चितवन)/चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ । गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ ।…

    Read More
  • नारायणगढको पार्किङ व्यवस्थापन गर्न सम्भाव्य स्थानहरू पहिचान गर्दै भरतपुर महानगर

    नारायणगढ,(चितवन)/भरतपुर महानगरपालिकाअन्तर्गत मुख्य बजार क्षेत्र नारायणगढलगायत विभिन्न स्थानमा पार्किङ समस्या बढेपछि महानगरपालिका यसको व्यवस्थापनमा जुटेको छ । मुख्य बजारमा ६ लेनको सडक विस्तार भएपछि सडक सहज भए पनि पार्किङ अव्यवस्थित हुँदा समस्या बढेको छ । पार्किङ समस्या समाधान गर्न महानगरले सक्रियता देखाएको छ । महानगर यातायात शाखाका प्रमुख बालकृष्ण थपलियाले बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न…

    Read More
  • चितवन सेरोफेरो

    देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो

    भरतपुर/साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत पूरा,आठ किलोमिटर चार लेन सडक कालोपत्र

    चितवन/नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकको काम ३३ प्रतिशत सम्पन्न भएको छ । यस सडकको ३८ किलोमिटर भागमध्ये आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सम्पन्न भएको छ । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा एकैठाउँमा पाँच किलोमिटर कालोपत्र गरिएको छ भने बाँकी विभिन्न ठाउँमा कालोपत्र गरिएको हो । थप आठ किलोमिटर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण, सबैभन्दा धेरै सङ्क्रमित भरतपुरमा

    नारायणगढ,(चितवन)/जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार सो अवधिमा एक हजार ५४८ पुरुष र एक हजार ४७२ महिला गरी तीन हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका हुन् । त्यसैगरी, अन्य जिल्लाबाट आएका चार सय १२ पुरुष र चार सय ५७ महिला गरी आठ…

    Read More