थवाङमा बिप्लव नेतृत्वको नेकपाको जर्बजस्त प्रभाव : बिजयी वडाध्यक्षमाथी नैतिक संकट

कुल १२ सय मतदाता, खसेको मत २०९,त्यसमध्ये १७४ मत ल्याई नेकपाका जनकबहादुर विजयी ।

माओबादी आन्दोलनको उदगमस्थल रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा स्थानिय मतदाताको बहिस्कारले रोल्पाको थवाङको बिद्रोहीपन र बर्तमान सत्ता एवं ब्यबस्थाप्रतिको असन्तुष्टि शसक्त रुपमा उजगार भएको छ ।

                                                                                            समाचार बिश्लेषण
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेको थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको गत् असार ६ गते निधन भएपछि उपचुनाव भएको सो वडामा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत पाए । बुढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले २६ मत मात्र पाए। १२८४ कुल मतदाता रहेको यो वडामा जम्मा २०९ मत अर्थात १६।४ प्रतिशत मात्रै खसेको थियो ।

अघिल्लोपटक स्वतन्त्र रुपमा उठेको उमेदवारलाई सर्मथन गरेका अधिकांस स्थानियले यसपटक नेत्रविक्रम चन्द बिप्लवको पार्टीको अपिल अनुरुप चुनाव बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा २०९ मत खसेको हो । त्यसमध्ये १७४ मत ल्याई नेकपाका जनकबहादुर विजयी बनेका हुन् । यसरी यस वडामा बिजयी भएका वडाध्यक्ष बुढामगर कानुनी रुपमा बिजयी भएपनि नैतिक रुपमा भने कुल मत ६ भाग मध्ये एक भाग सख्याँ मत पनि प्राप्त गर्न नसक्नु बिजयी भित्रको पराजय नै हो । यसको अर्थ त्यस ठाँउका स्थानियको जनभावनालाई कदर गर्दै अगाडी बढनसके बुढामगर कानुनी र प्राबिधिक रुपमा बिजयी भएपनि जनताबाट तिरस्कार र बहिस्कारमा पर्दे जानेछन् । यसर्थ आम थवाङको सन्देशलाई बुढामगरहरुले मात्र होईन काठमाण्डौंमा बसि शासनसत्ता हाक्ने बाहुनहरुले पनि बुझ्नुपर्ने देखिन्छ ।