उपनिर्वाचन २०७६ : नेकपाका उमेद्धवारहरु विजयी बन्ने क्रम शुरु

 रोल्पाको थवाङ गाउँपालिकामा नेकपाका जनकबहादुर बुढामगर विजयी

सल्यानको कुमाख गाँउपालिका ५ मा नेकपाका उमेदवार विजयी

कन्चनपुरको पुनर्वास नगरपालिकामा नेकपाका कृष्णबहादुर तामाङ विजयी

१४ मंसिर, काठमाडौं । आज सम्पन्न उपनिर्वाचनमा नेकपाका उमेदवारहरु बिजयी बन्ने क्रम शुरु भएको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विजयी भएको हो ।

शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो । उनले १७४ मत पाए । बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।

त्यस्तै,सल्यानको कुमाख गाँउपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् । सल्यानको कुमाख गाँउपालिका ५ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका हुन। कुल ११२४ मत मध्य नेकपाका उम्मेद्वारले ७९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका उम्मेदवारले २५१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, कन्चनपुरको पुनर्वास नगरपालिकामा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विजयी भएका छन् । ११९९ मतदाता मध्य नेकपाका कृष्णबहादुर तामाङले ५२८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका दिप बहादुर तामाङले ३१० मत प्राप्त गरेका छन् ।