Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिद्वारा ९ महिनामा ३४ वटा मुद्दा फैसला

    ६ भाद्र । रत्ननगर नगरपालिकामा बनेको न्यायिक समितिले ९ महिनामा ३४ वटा मुद्दा फैसला गरेको छ । स्थानीय तहको निर्वाचनपछि पहिलोपटक उपमेयर विमला दुवाडीप्रनिश को नेतृत्वमा न्यायिक समितिले श्रीमानश्रीमती विवाद, जग्गाको साँध–सिमाना, अंशबन्डा लगायतका ३४ वटा मुद्दा मेलमिलापबाटै फैसला गरेको हो । नगरस्तरमा रहेको मेलमिलाप केन्द्रले टुङ्ग्याउन नसकेको ३४ वटा मुद्दा न्यायिक समितिले फैसला गरेको हो…

    Read More
  • सुनको सिन्डिकेट खारेज गर्न माग गर्दै चितवनका सुन व्यवसायी आन्दोलित

    भरतपुर, ५ भदौ । चितवनभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको भन्दै पूर्व घोषित कार्यक्रम बमोजिम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा…

    Read More
  • चरीत्र हत्या गरेको भन्दै कानुनी उपचार खोज्ने वर्डा अध्यक्ष लामाको चेतावनी ।

    चितवन , ५ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ का वडाध्यक्ष शमशेर लामाले शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै लामाले अध्यक्ष आचार्यले लगाएका आरोपमा कुनै सत्यता नभएको भन्दै चरित्र हत्या विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् ।…

    Read More
  • चितवनका सुनचाँदी ब्याबसायी आन्दोलित ।

    चितवन , ५ भाद्र । सरकारले माग बमोजिम सुन नपठाएको भन्दै चितवनका सुनचाँदी ब्याबसायी आन्दोलित भएका छन् । सरकारसंँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराइ दिन आग्रह गरेपनि कुनै सुनुवाई नभएकोले संघ बाध्य भइ आन्दोलनमा उत्रिनु परेको नेपाल सुनचाँदी ब्याबसायी संघ चितवन शाखाले जानकारी दिएको छ । आन्दोलनमा उत्रिएका उनीहरुले सरकारलाई दबाब दिने उद्देश्यले जिल्लाभरका सुनचाँदी पसल…

    Read More
  • क्याम्पसले बढाएको प्रवेश परीक्षा शुल्क घटायो ।

    चितवन , ५ भाद्र । चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसले बढाएको प्रवेश परीक्षा शुल्क घटेको छ । विद्यार्थी संगठन आन्दोलनमा उत्रिए पछि कलेज प्रशासनले बाध्य भइ शुल्क घटाउने अवस्थामा पुगेको हो । कलेजले टियुले निर्धारण गरेको शुल्कमा फेरबदल गर्दै आफूखुशी शुल्क निर्धारण गर्नुलाई विद्यार्थीले भ्रष्टाचारको संज्ञा दिएका छन् । टियुले निर्धारण गरेको शुल्कमा सयदेखी पाँच सयदेखी रुपैयाँसम्म…

    Read More
  • चितवनको सोमबार राती चनौलीको भेटघाट चोकमा बम विष्फोट गराएको नेकपाको दावी, प्रहरी भने अनविज्ञ

    चितवन,साउन २९( चितवनको चनौलीको भेटघाटचोकमा गएराती शक्तिशाली बम विस्फोट गराएको नेकपा चितवनले जनाएको छ । नेकपाका एक जिल्लास्तरिय नेताले फोनबाट भण्डाफोर अभियानकर्मीलाई यस्तो बताएका हुन् । उनले भने बन्द सफल बनाउन विस्फोट गराएको तर प्रहरीले घटनालाई बाहिर नल्याएको उनको दावी छ । नेपालबन्दलाई सफल बनाउन विस्फोट गराएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले…

    Read More
  • चितवनका विभिन्न स्थानबाट शंकास्पद एकदर्जन प्रहरी नियन्त्रणमा

      चितवन,साउन २९( जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट एकदर्जन शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालका अनुसार मध्यरातसम्म सडकमा हिडीरहेका एकदर्जनलाई नियन्त्रणमा लिएको हो । सोमवार राती १२ बजेदेखी विहान ४ बजेको विचमा शकास्पद गतिविधीमा संलग्न उनिहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई…

    Read More
  • बिप्लव नेतृत्वको नेकपा चितवन जिल्ला इन्चार्ज बिसीको घरमा पक्राउ पुर्जी टाँसियो ।

    चितवन , २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको घरमा पक्राउ पुर्जी टाँसेको छ । दैलेख जिल्लाको गुरास गाउँपालिका २ स्थित घरमा शुक्रबार उक्त पुर्जी टाँस गरिएको हो । चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेको इन्चार्ज बिसीले जानकारी दिएका छन् । बिसीले भनेका छन्, “२०६४…

    Read More
  • नवलपरासीको गैंडाकोटमा अज्ञातसमुहद्धारा पराल बोकेको ट्रकमा आगजनी

    फाईलफोटो चितवन,साउन २९( अज्ञात समुहले नवलपुरको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरेको छ । कपिलबस्तुको चनौटाबाट पराल बोकेर हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । आगजनीबाट ट्रकमा सामान्य क्षति पुगेकोे छ भने पराल जलेर नष्ट भएको…

    Read More
  • पत्नीलाई जबर्जस्ती करणी गरे अब ५ वर्ष जेल हुने

      काठमाडौं ( भदौ १ देखि लागू हुने नयाँ कानुनअनुसार पत्नीलाई जबर्जस्ती करणी गरेमा पतिलाई ५ वर्षसम्म कैद हुने व्यवस्था गरिएको छ । कानुनअनुसार पतिले यौन सम्पर्कका लागि पत्नीसँग स्वीकृति लिनैपर्ने हुन्छ। पत्नीले आफूलाई पतिले जबर्जस्ती करणी गरेको उजुरी दिएमा कानुनअनुसार कारबाही भोग्नुपर्नेछ। नयाँ संहिताअनुसार सामूहिक जबर्जस्ती करणी गर्ने दोषीलाई २५ वर्षसम्म जेल सजाय हुने…

    Read More