चितवनका सुनचाँदी ब्याबसायी आन्दोलित ।

चितवन , ५ भाद्र । सरकारले माग बमोजिम सुन नपठाएको भन्दै चितवनका सुनचाँदी ब्याबसायी आन्दोलित भएका छन् । सरकारसंँग पटक–पटक माग बमोजिम सुन उपलब्ध गराइ दिन आग्रह गरेपनि कुनै सुनुवाई नभएकोले संघ बाध्य भइ आन्दोलनमा उत्रिनु परेको नेपाल सुनचाँदी ब्याबसायी संघ चितवन शाखाले जानकारी दिएको छ । आन्दोलनमा उत्रिएका उनीहरुले सरकारलाई दबाब दिने उद्देश्यले जिल्लाभरका सुनचाँदी पसल दुई दिनका लागी बन्द गर्ने निर्णय समेत गरेको जनाएको छ । संघका चितवन जिल्ला अध्यक्ष जीवनज्योति सदाशंकर भन्छन् : अहिले जिल्लामा सुनको सटेज भएको छ । यहाँको माग ५ केजी सम्म हो । तर, राष्ट्र बैंकले यहाँ सातामा २ केजी मात्रै सुन उपलब्ध गराउने गरेको छ । राष्ट्र बैंकले ६५ प्रति सुन काठमाडौंमा र बाँकी उपत्यका बाहिर पठाउने गरेको छ । तर, चितवनमा साताको दुई केजीले बजार धान्नुपर्ने अवस्था आउदा समस्या सिर्जना भएको छ । सबै भन्दा बढि काठमाडौं उपत्यका बाहिरका सुनचाँदी व्यवसायीहरु यसको मारमा परेका छन् । चाँडबाडको बेला सुनको माग झनै बढेको पनि सरकारले नसुनेकाले हामीले मंगलबार र बुधबार दुई दिनका लागी यहाँको सुनचाँदी पसल बन्द गर्दै छौँ । प्रयाप्त मात्रामा सुन नआएकोले दबाबमूलक सुनचाँदी पसल बन्द गरेका हौं । संघका जिल्ला अध्यक्ष सदाशंकरले भने, नेपाल राष्ट्र बैंकको सिण्डिकेटका कारण यो समस्या भएको बताउदै राष्ट्र बैंकको सिण्डिकेट नतोडिए सम्म यो समस्या जारी रहने बताए । व्यवसायीहरुले बैधानिक रुपमै सुनचाँदी किन्न खोज्दा पनि किन्न नपाउनु दुर्भाग्य हो । उनले सुन प्रयाप्त उपलब्ध नहुँदा ग्राहकहरुलाइ अहिले सुन उपलब्ध गराउन सक्ने अवस्थामा आफूहरु नरहेको समेत समेत “सुनचाँदी किन्न आउने ग्राहकहरुलाई रित्तो हात फर्काउनु पर्ने अवस्था आएको छ, चाँडबाडको बेला यस्तो समस्याले सबैलाई कठिन बनाएको भन्दै यस बिषयमा सरकारले समयमै ध्यान दिनुपर्ने र सचेत हुनुपर्नेमा समेत ब्याबसायीहरुको जोड थियो । सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरुले दुई दिनका लागी आफ्नु ब्यापार ब्याबसायी बन्द गर्ने निर्णय गरे संगै जिल्लामा रहेका झन्डै ५ सय सुनचाँदी पसलहरु मंगलबार बन्द भएका छन् ।