| 
  • राजनीति

    मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

    मुस्ताङ/मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको मुस्ताङमा मङ्गलबार उम्मेदवारी मनोनयनपत्र दर्ता गराएकामध्ये कुसैको पनि उजुरी परेको छैन । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मङ्गलबार देशैभर उम्मेदवार मनोनयन दर्ता कार्यक्रम भएको थियो । बुधबार बिहान १०ः०० बजेदेखि…

    Read More
  • मुख्य पृष्ठ

    दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

    म्याग्दी/बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता उपलब्ध गराएको हो । नागरिकताका लागि समीरले ११ वर्ष र यास्मिनले आठ वर्षअघि प्रशासनदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नुभएको थियो ।…

    Read More
  • मुख्य पृष्ठ

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    काठमाडौँ/परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर)कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव राईले नागरिक, राजनीतिक, सामाजिक,…

    Read More
  • महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

    महोत्तरी/प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ । चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगामी फागुन २१ गते हुने निर्वाचनमा ८८ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने ५५ जना मात्र छन् । क्षेत्र नम्बर १ मा १२, २ र ३ मा १५ एवं ४…

    Read More
  • अपराध/दुर्घटना

    मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

    बागमती/कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँ तर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन…

    Read More
  • मुख्य पृष्ठ

    करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

    काठमाडौँ/चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल रु १० खर्ब ८१ अर्ब चार करोड बराबरको वैदेशिक व्यापार गर्दा रु सात खर्ब ९७ अर्ब ४८ लाख बराबरको घाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष कूल वैदेशिक व्यापार १७…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा सदस्य निर्वाचनः तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता

    काठमाडौँ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर…

    Read More
  • केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    काठमाडौँ/सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन गरिएका सबै संयन्त्रलाई सक्रिय बनाउने निर्णय गरेको हो । बैठकले निर्वाचन प्रचारप्रसारका…

    Read More
  • मुख्य पृष्ठ

    जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

    रुकुम पूर्व/नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमेली जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न आफू रुकुम पूर्वबाट उम्मेदवार बनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल रुकुम पूर्वले आज रुकुमकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जिल्लाको इतिहास, भूगोल, संस्कृति, जातजाति सबैको भावनामा आधारित विकासको ढाँचा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जनयुद्धको आधार क्षेत्रको…

    Read More
  • मुख्य पृष्ठ

    विभागले एउटा फर्मलाई गर्यो ५० हजार जरिवाना

    काठमाडौँ/वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ । विभागले गरेको अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले खिलुङ्गा कालिका मार्केटिङ प्रालि सूर्यविनायक–२ बालकोटलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ । विभागले थप १२ फर्मको स्थलगत अनुमगन गरेको थियो । विभिन्न…

    Read More