चरीत्र हत्या गरेको भन्दै कानुनी उपचार खोज्ने वर्डा अध्यक्ष लामाको चेतावनी ।

चितवन , ५ भाद्र । पुर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ४ का वडाध्यक्ष शमशेर लामाले शिखर हरियाली सामुदायिक वनका अध्यक्ष केदार आचार्यले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । आज एक विज्ञप्ती जारी गर्दै लामाले अध्यक्ष आचार्यले लगाएका आरोपमा कुनै सत्यता नभएको भन्दै चरित्र हत्या विरुद्ध कानुनी उपचार खोज्ने बताएका हुन् । उनले ५ बर्षे कार्यकाल सकिन ३ बर्ष बाँकी रहँदा भेलाबाट पास गराएर समितिमा हस्तान्तरण गरेको कुरा ७ बर्षपछि पत्रकार सम्मेलन गरेर भन्नुले चरित्र हत्या गर्न खोजेको पुष्टी भएको विज्ञप्ती मार्फत उल्लेख गरेका छन् । शिखर हरियाली सामुदायिक वनको विषयमा छानविन गर्न अख्तियार अनुसन्धान कार्यालय हेटौडाले कारवाहीको लागी राप्ती नगरपालिकाको कार्यालयलाइ पत्रचार गरेको छ । राप्ती नगरपालिकाले वर्डा अध्यक्ष शमशेर लामाको संयोजक रहेको छानबिन समिती बनाइ छानबिन प्रक्रियालाइ अघि बढाइएको विज्ञप्तीमा उल्लेख छ । वडाध्यक्ष लामाले आफुले भ्रष्टाचार गरेको प्रमाण जुटाउन विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् ।