सुनको सिन्डिकेट खारेज गर्न माग गर्दै चितवनका सुन व्यवसायी आन्दोलित

गृहमन्त्री थापा र आपूर्ती मन्त्री यादवलाई ज्ञापन पत्र पेश

भरतपुर, ५ भदौ । चितवनभरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको भन्दै पूर्व घोषित कार्यक्रम बमोजिम नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवलाई समेत नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष जीवनज्योति सदाशंकरले प्रजिअ बस्नेतलाई ज्ञापन पत्र बुझाएका हुन् ।
नेपाल राष्ट्र बैंकले विगत २०६८÷०६९ देखि सिन्डिकेट(कोटा) प्रणाली लागू गरे संगै नेपालको सुनचाँदी वृत्तमा सुन अभाव भएको संघका अध्यक्ष जीवनज्योति सदाशंकरले संघको तर्फबाट ज्ञापनपत्र बुझाउंदै बताए । उनले सानो व्यवसाय गर्दै आएका व्यवसायहरु नेपालको मौलिक कला, सिप र संस्कृति जोगाउदै आएको पुस्त्यौली पेशाबाट पलायन भइ आफ्नो परिवार जीउने आधार बनाउन खाडी मूलूक तर्फ गन्तव्य बनाउनु पर्ने अवस्था आएको बताए ।
संघका अध्यक्ष सदाशंकरले “सबैभन्दा सरकारलाई बढी राजश्व बुझाउने मध्येमा सुन व्यवसायी पनि रहेको र अहिलेको झै सुनको व्यापक अभाव कायम रहेमा यो व्यवसाय नै धारसायी भई एउटा इतिहास बन्ने” बताए । चाडवाडहरु नजिकिए संगै सुनको गरगहनाको माग पनि बढ्दो रहेको बताउँदै अध्यक्ष सदाशंकरले भने सो अनुपातमा कच्चा पदार्थको अभावमा माग अनुसारको पूर्ति गर्न नसक्दा उपभोक्ताहरु प्नि मारमा परेको दुखेसो पोखे । उनले सुनमा लगाएको सिन्डिकेट खारेज गर्दै सर्वशुलभ ढंगले व्यवसायीहरुले आ–आफ्नो फर्मको परिचय पत्रको आधारमा चाहेजति परिमाणमा राज्यले तोकेको बैंकहरुबाट काँचो सुनको सहज आपूर्तीको व्यवस्था पहल गरिदिनका लागि प्रजिअ.बस्नेतलाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले संघको ज्ञापन पत्र बुभ्mदै भने “सुनचाँदी व्यवसायीहरुको मागको सम्बोधन गर्न यथासिघ्र आफूले पहल गर्ने र सम्बन्धित मन्त्रालयहरुलाई समेत जानकारी दिने” बताए । व्यापकरुपमा भइरहेको सुनको चोरी,तस्करीलाई निरुत्साहित पार्न पहिला कोटा प्रणाली मार्फत वितरण गर्ने व्यवस्था बनाएको प्रजिअ बस्नेतले भने अब व्यवसायको आकार पनि धेरै वृद्धि भएकोले आवश्यक मात्रमा सुन वितरण गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले भने व्यवसाय नै बन्द गरेर समस्याको समाधान नहुने र त्यस्को विकल्प खोज्नु पर्ने बताए । उनले भने सुनचाँदी महासंघले नै सम्बन्धित निकायहरुमा आवाज उठाउनुपर्ने बताए ।
त्यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले सबैभन्दा संवेदनशिल व्यवसाय रहेको सुनचाँदी व्यवसायमा सुनको अभावका कारण समस्या खेप्नुपरेको कारण चाँडै नै सम्बन्धित निकायले यसको निकासको बाटो खोज्नुपर्ने बताए ।
भरतपुरकी मेयर रेणुलाई ज्ञापन पत्र
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष जीवनज्योति सदाशंकरले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । राज्यले सुन व्यवसायमा लगाएको सिन्डिकेटको अन्त्यको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले सुनचाँदी व्यवसायीहरुका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् ।

आन्दोलित सुनचाँदी व्यवसायीद्धारा चितवनमा सुन कारोबार ठप्प
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह्वान गरेको सुन व्यवसाय चितवनभर ठप्प रहेको छ । बन्दको अवज्ञा गर्ने व्यवसायीलाई तत्काल जरिवाना गरिने संघका महासचिव त्रिलोक भि.केले भने । त्यस्तै आज दिनभर पूर्वी चितवनको टाँडी, पर्सा, पश्चिम चितवनका रामपुर, दक्षिण चितवन माडीमा समेत व्यवसाय ठप्प रहेको छ ।
चितवन बन्दका कारण उपभोक्ता मारमा
नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह्वान गरेको दुई दिनको बन्दका कारण उपभोक्ताहरु मारमा परेका छन् । सुन व्यवसाय बन्द भएकोमा भरतपुर वडा नं २ आपटाँडी बस्ने सुरेन्द्र अधिकारीले भने अहिले सुनचाँदीको दरभाउमा केही कम भएका कारण आवश्यक सुनका सामान खरिद गरौं कि भनेर बजार आएको तर आजको बन्दका कारण आफूले आवश्यक लाभ लिन नपाएकोमा दुखेसो व्यक्त गरे । त्यस्तै मनहरीबाट सुनको सिक्री बनाउन आएकी मधुमाया मोक्तानले समेत यो बन्दका कारण आफूले दुख पाएको बताइन ।
भोली बुधबार बृहत विरोध र्याली
राज्यले सुन व्यवसायमा लगाएको सिन्डिकेटको अन्त्यको माग गर्दै भोली बुधबार चितवनभरका छरिएर रहेका पूर्वी चितवनको टाँडी, पर्सा, पश्चिम चितवनका रामपुर, दक्षिण चितवन माडी लगायत सबै सुन व्यवसायी, सुन सम्बन्धित कालिगढहरुलाई एकै स्थानमा गोलबन्द गराई विरोध र्याली गर्ने संघका महासचिव त्रिलोक भि.केले बताए ।