चितवनको सोमबार राती चनौलीको भेटघाट चोकमा बम विष्फोट गराएको नेकपाको दावी, प्रहरी भने अनविज्ञ

चितवन,साउन २९(

चितवनको चनौलीको भेटघाटचोकमा गएराती शक्तिशाली बम विस्फोट गराएको नेकपा चितवनले जनाएको छ । नेकपाका एक जिल्लास्तरिय नेताले फोनबाट भण्डाफोर अभियानकर्मीलाई यस्तो बताएका हुन् । उनले भने बन्द सफल बनाउन विस्फोट गराएको तर प्रहरीले घटनालाई बाहिर नल्याएको उनको दावी छ । नेपालबन्दलाई सफल बनाउन विस्फोट गराएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले भने चितवनमा गएराती त्यस्तो विस्फोट नभएको जनाएको छ । चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालले रातको समयमा कुनै विस्फोट नभएको बताए । यता चनौली आसपासका केही स्थानियले आवाज सुन्नमा आएको तर के को हो भन्ने यकिन नभएको जानकारी दिए । प्रहरी श्रोतका अनुसार राती १२ः३० बजे बसपार्कमा टायर विस्फोट भएको र नेकपा विप्लब समुहले त्यसैलाई आफुहरुले विस्फोट गराएको प्रचार गरेको हुनसक्ने बताएको छ ।