बिप्लव नेतृत्वको नेकपा चितवन जिल्ला इन्चार्ज बिसीको घरमा पक्राउ पुर्जी टाँसियो ।

चितवन , २९ साउन । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बिसीको घरमा पक्राउ पुर्जी टाँसेको छ । दैलेख जिल्लाको गुरास गाउँपालिका २ स्थित घरमा शुक्रबार उक्त पुर्जी टाँस गरिएको हो । चितवन जिल्ला अदालतको आदेशमा ज्यान मार्ने उद्योगमा प्रहरीले पक्राउ पुर्जी टाँस गरेको इन्चार्ज बिसीले जानकारी दिएका छन् । बिसीले भनेका छन्, “२०६४ मा प्रचण्ड र बादलले ललितपुरको खन्नागार्मेन्टमा हामी सरकार मा गयौं भने तपाईहरुलाई भेट्रान सर्टिफिकेट दिन्छौँ भनेर प्रशिक्षण दिएका थिए । आज मेरो घर दैलेखमा ४ जना पुलिस पठाएर घरको भित्तामा बादलले दिएको भेट्रान सर्टिफिकेट ७० दिनको म्याद दिएर टाँसेका छ्न ।” उनले ब्याङ्या गर्दै भुतपुर्व कमरेड बादल–प्रचण्डलाई धन्यवाद समेत दिएका छन् ।
ब्ततबअजmभलतक बचभब