चितवनका विभिन्न स्थानबाट शंकास्पद एकदर्जन प्रहरी नियन्त्रणमा

 सुरक्षा ब्यवस्थामा कडाई

 

चितवन,साउन २९(

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानबाट एकदर्जन शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालका अनुसार मध्यरातसम्म सडकमा हिडीरहेका एकदर्जनलाई नियन्त्रणमा लिएको हो ।
सोमवार राती १२ बजेदेखी विहान ४ बजेको विचमा शकास्पद गतिविधीमा संलग्न उनिहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले केहीलाई ढुङ्गा,लाइट सहित समातेको उनले बताए ।
जिल्लाका मुख्य नाकाहरुमा प्रहरी परिचालन गरि कडाइका साथ चेकजाँचका साथै निगरानी गरिएको छ ।
विप्लव समुहले आब्हान गरेको बन्दमा अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा चेकजाँचलाई कडा पारेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुसिलसिंह राठोरले जानकारी दिएका छन् ।