| 
  • चितवन सेरोफेरो

    गण्डकी प्रदेशको ‘लाइफलाइन’ पोखरा–मुग्लिन सडक विस्तार अन्तिम चरणमा

    गण्डकी/निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्तीलाई बिर्सदै सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउने भएका छन् ।निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । पचास वर्षअघि निर्माण भएको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । गण्डकी प्रदेशको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु !

    चितवन/सुत्केरी आमाहरुको लागि भरतपुर महानगरले ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु गरेको छ । आईतबार भरतपुर वडा नम्बर १७ स्थित गुञ्जनगर स्वास्थ्य चौकीबाट महानगर प्रमुख रेनु दाहालले पौष्टिक आहारसहितको झोला वितरण गरी कार्यक्रम सुरु गर्नुभएको हो । कार्यक्रममा सुत्केरी २२ जना आमाहरुलाई पोषण झोला प्रदान गरिएको थियो । भरतपुरका सरकारी स्वास्थ्य संस्थामा शिशुलाई जन्म दिएका आमाहरुलाई…

    Read More
  • चितवन सेरोफेरो

    लालपुर्जा पाएपछि धार्चेका भूमिहीन दलित परिवार खुसी

    गोरखा/धार्चे गाउँपालिकाले भूमिहीन दलित परिवारलाई शनिबार जग्गाधनी पुर्जा ९लालपुर्जा० वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भूमि समस्या समाधान आयोग जिल्ला समिति मार्फत भूमिहीन दलित परिवारलाई लालपुर्जा उपलब्ध गराइएको जानकारी दिनुभयो । मङ्गले विक, राजु विक ,आइतसिंह कामी र रामबहादुर कामीलाई जग्गाको पुर्जा प्रदान गरिएको हो । विसं २०८० चैतमा नै गाउँपालिकाले आयोगसँग समन्वय…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन पोखरा सडकः दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

    दमौली,(तनहुँ)/मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम…

    Read More
  • चितवन सेरोफेरो

    बारपाकवासी भन्छन्, ‘भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन’

    गोरखा/गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ वीरताको गाथा कोरिएको ऐतिहासिक एवं पर्यटकीय गाउँ हो । जगदेखि छानोसम्म ढुङ्गा र काठबाट बनेका एकै स्वरुपमा जोडिएर रहेका एक हजार ३०० भन्दा बढी घर बारपाकको अर्को छुट्टै मौलिकता र चिनारी थियो । विक्रम संवत् २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ म्याग्नेच्युडको…

    Read More
  • चितवन सेरोफेरो

    पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज सुविधा शुरु।

    चितवन/गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड प्रोफाइल, इसिजी , युरिन…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न

    चितवन/यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ । धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका…

    Read More
  • चितवन सेरोफेरो

    अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो

    मध्यविन्दु,(नवलपरासी)/सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो ।सडक अवरुद्ध हुँदा…

    Read More
  • चितवन सेरोफेरो

    हंस सहकारीद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    चितवन, नारायणगढ— भरतपुर-१/शहीदचोकमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले नयाँ वर्ष २०८२ को शुभारम्भको अवसरमा सेवा केन्द्रस्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम हालै सम्पन्न गरेको छ । सहकारी सदस्यहरूबीच सहकारी शिक्षा र समसामयिक विषयमा सशक्त जानकारी प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम होटल गंगोत्री प्रा.लि., पुलचोक, नारायणगढमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता संस्थाका…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्ज द्वारा प्रभावितलाई रु एक करोड बढी राहत

    चितवन/चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम पीडितलाई बुझाइएको हो…

    Read More