Breaking News

भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ-रवि लामिछाने

=

चितवन/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्। धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए। ‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त छ। सांसद, मन्त्री बन्न त रोकौला मान्छे बन्न त दिन्छौ होला निरु,’ लामिछानेले भने, ‘मलाई अनागरिक बनायौ, जबरजस्ती झूटा मुद्दा लगाएर संसदबाट निकाल्यौं। तर जनताको मनबाट बाहिर निकाल्न सक्यौरु सक्छौ भने जनताको मनबाट बाहिर निकाल। म तयार छु।’ उनले आफूमाथि झूटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टर चढी भागेको बताए।

अहिलेको सरकारले जेन–जी आन्दोलनको एजेण्डलाई बोकेर गए जनताको समर्थन मिल्ने दाबी पनि उनले गरे।‘अघिल्ला सरकारबाट मप्रति प्रतिशोध साँधियो। ढुक्क हुनु म बाट प्रतिशोधपूर्ण राजनीति हुँदैन। जेन–जीले जेका लागि बलिदानी दिएको थियो त्यसमा अडिक बन्यो भने अहिलेको सरकार हामी सघाउनेछौं। रास्वपा सतिसाल बनेर खडा हुनेछ। म काठमाडौं गएर प्रधानमन्त्रीज्यूलाई पनि भेट्नेछु।’ लामिछानेले भदौ २३ गतेका दिन मान्छे मार्नेका विरूद्ध जनता सडकमा निस्किएको बताए। तर त्यतिखेर सरकारमा रहनेहरूले २३ गतेको कुरा नगरी २४ गतेको मात्रै कुरा गरिरहेको उनले बताए।