Breaking News

चिसो र शीतलहरका कारण भरतपुर महानगरपालिकाका विद्यालयमा बिदा

भरतपुर/केही दिनदेखि बढेको चिसो र सोमबार चलेको शीतलहरका कारण चितवनको भरतपुर लगायतका क्षेत्रमा जनजिवन प्रभावित बनेको छ । जसका कारण विद्यालयमा बालबालिकाको आवागमन र पठनपाठन समेत प्रभावित भएको छ ।

जनप्रतिनिधि,अभिभावक,विद्यालय र सरोकारवालाको सुझाबका आधारमा भरतपुर महानगरपालिकाले एक दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । आज (सोमबार) को निर्णय अनुसार पुस १६ गतेका दिन भरतपुर महानगरपालिका भित्र संचालित सबै विद्यालय (पूर्वप्राथमिक मन्टेश्वरीसमेत) लाई बिदा दिने निर्णय गरिएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका उपसचिव सुवास चन्द्र आचार्यले जानकारी दिनुभयो ।

महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई चिसोबाट बचाउन आवश्यक साबधानी अपनाउन सबैमा अनुरोध गरेको छ । पुस १५ गते भने ल्होसारको सार्वजनिक बिदा छ । चिसोका कारण चितवनका सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ ।