Breaking News

यातायात व्यवस्था कार्यालय भरतपुरका कार्यलय सहयोगी गुरुङविरुद्ध भ्रष्टचार मुद्दा दायर

चितवन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुरका कार्यलय सहयोगी इन्द्रजित गुरुङविरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४० (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा ९१० बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारले गुरुङ माथि यातायात कार्यालय भरतपुरबाट जारी हुने सार्वजनिक सेवाका कार्यहरु गर्न गराउन सहजीकरण गरे गराएबापत सेवाग्राहीसंग घुस लिई भ्रष्टचार गरेको आरोप लगाएको छ ।

अख्तियारको टोलीले गत जेठ ३० गते १ लाख ८५ हजार नगदसहित गुरुङलाई कार्यालयबाट नै पक्राउ गरेको थियो । गुरुङले इ–सेवाबाट घुस लिई आफ्नो सानिमा बैंकको खातामा उक्त रकम दाखिला गर्ने गरेको अख्तियारले बताएको छ ।