रोट्र्याक्ट क्लब अफ भरतपुर हाईटकाे अध्यक्षमा अंकित श्रेष्ठ चयन
रोट्र्याक्ट क्लब अफ भरतपुर हाईटकाे वर्ष २०२६/२७ को अध्यक्षमा अंकित श्रेष्ठ चयन भएका छन् । शनिवार क्लबको दोस्रो क्लब एसेम्ली समारोहमा उनलाई वर्ष २०२६/२७ को अध्यक्ष पदमा निर्विरोध चयन गरिएको छ।
दोस्रो क्लब एसेम्ली गर्दै वर्ष २५ –२६ की अध्यक्ष अस्मी न्यौपानेले आफ्नो कार्यकालमा भएका कार्यहरुको बारेमा जानकारी गराएकी थिईन।उनले आफ्नो छ महिनाभित्र कार्यकालमा चितवन जिल्लाका विभिन्न ठाउँमा चिसोको समयमा कपडा वितरण, विद्यालयमा खानेपानी व्यवस्थापन लगायतका थुप्रै सामाजिक कार्यहरु गरिएको बताएकि छन्।
यसैगरी नवनिर्वाचित अध्यक्ष अंकित श्रेष्ठले आफ्नाे कार्याकालमा मुलतः क्लब व्यवस्थापन र बालबालिकाकाे हक अधिकारका लागि डटेर विभिन्न सामाजिक कार्य गरिने जानकारी दिए। कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका रो. विनोदखन्डा तिमल्सिना र रो. बद्रीनाथ पोख्रेलले नवनिर्वाचित अध्यक्षलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
साथै उक्त कार्यक्रममा पूर्व अध्यक्ष रोट्. डा. अपेक्षा श्रेष्ठ र रोट्. सुरज भण्डारी उपस्थित हुदै नवनिर्वाचित अध्यक्ष रोट्. अंकित श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
रोट्र्याक्ट क्लब भरतपुर हाईट चितवन जिल्लामा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै अग्र रूपले अगाडि बढिरहेको छ।

