गृहमन्त्री बादलले लगाइदिए चीनका गृहमन्त्रीको शिरमा नेपाली भादगाउँले टोपी
चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलले आफ्ना चिनियाँ समकक्षी झाओ केझीलाई भादगाउँले टोपी लगाईदिएका छन्। चीनको गृहमन्त्रालयमा सोमबार भएको भेटमा बादलले उपहारमा झाओलाई टोपी पहिराईदिएका हुन्। चिनियाँ जनसुरक्षा मन्त्रालयको निमन्त्रणमा गृहमन्त्री थापा ६ दिने भ्रमणका लागि आइतबार बिहान बेइजिङतर्फ प्रस्थान गरेका हुन् । भ्रमण क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।…
Read More