आजको मौसम: मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौँ/हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।जसको प्रभावले देशको पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।