विवादास्पद एमसीसी परियोजना पनि ओली सरकारको राष्ट्रिय गौरवका आयोजना भित्र


प्रायः सबै राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त रहेका बेला सरकारले त्यस्ता आयोजनाको सूची बढाउँदै लगेको छ ।
संसद्मा विचाराधीन रहेको विवादास्पद अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनासहित तीन वटा आयोजनालाई गौरवका आयोजनाका रुपमा समावेश गर्ने तयारीमा राष्ट्रिय योजना आयोग लागेको छ ।
गौरवका आयोजनाको सूचीमा थपिन लागिएका अनय दुई आयोजना सुनकोशी मरिन सिँचाइ आयोजना तथा राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम हुन् । आयोग स्रोतका अनुसा यी आयोजनालाई सूचीमा राख्न प्रोजेक्ट बैंकमा प्रविष्ट गराउने प्रक्रिया अघि बढाइएको छ ।
एससीसी ठूले परियोजना भएकाले ठूला आयोजनाको सूचीमा राख्ने तयारीमा छ, संसद्बाट पास भएलगतै सो आयोजना राष्ट्रिय गौरवका आयोजनामा राखिनेछ,’ योजना आयोग स्रोतले बतायो ।
ती तीन आयोजना सूचीकृत भएमा गौरवका आयोजनाको संख्या हालको २१ बाट बढेर २४ पुग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा छ ।