नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा बन्धक बन्दै संसद


संघीय संसदको पाँचौँ अधिवेशन सुरु भएको १५ दिन बित्दा पनि प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेको छैन । दुईपटक सूचना टाँस गरी संसद बैठक सारिएको छ ।
विभिन्न विद्येयकहरु विचाराधीन भएको प्रतिनिधिसभा यसरी सुचारु नहुनुको मुख्य कारण नेकपाले सभामुखको उम्मेदवार छनोट गर्न नसक्नुलाई लिइएको छ ।
सत्तारुढ नेकपामा सभामुखमा कसलाई लैजाने भन्नेमा सहमति कायम हुन नसक्दा समस्या बल्झिदै जान थालेको हो ।
पछिल्लो समय पटकपटक भएका भेटघाट र छलफलमा सहमतिको प्रयास भएपनि दुवै अध्यक्षले आआफ्नो अडान कायम राख्दा प्रतिनिधिसभा बैठक अनिश्चितजस्तो भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।