उबासंघ चुनावमा भएको गोलाप्रथा अस्वीकार्य : चितवन कांग्रेस

सूर्य बराल/चितवन/पुस २०/नेपाली कांग्रेस चितवनले उद्योग वाणिज्य संघ चितवनमा अध्यक्षको उम्मेदवारीको लागि भएको गोला प्रथा स्वीकार्य हुनसक्ने भन्दै असहमति जनाएको छ । नेपाली कांग्रेस चितवनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पुस २८ र २९ गते हुने संघको ५१ औं अधिवेशनमा दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारेको प्रभावले उद्योगी व्यवसायीको हकहितमा काम गर्न नसक्ने जनाएको छ । चितवन कांग्रेसले सीमित व्यक्तिहरुको मनोगत उद्देश्यबाट प्रेरित भई गरिएको गोलाप्रथा बाट नेतृत्व छनोट गरिएको कार्यप्रति कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख छ भन्दै यसअघि अध्यक्षको उम्मेदवारीमा गोलाप्रथा गरी राजु श्रेष्ठ अध्यक्षमा उम्मेदवार बन्ने र चुननारायण श्रेष्ठ वरिष्ठ उपसभापति बन्ने गरी सहमतिको विरोध गरेको छ। नेतृत्व छनोट संस्थाको विधि विधान र प्रचलित लोकतान्त्रिक मान्यता अनुरुप हुनुपर्ने चितवन कांग्रेसको मान्यता रहेको जनाएको छ ।