ईरानी ह्याकरले गरे अमेरीकी सरकारी वेबसाईट ह्याक : ट्रम्पको गालामा मुक्का


एजेन्सी पुष २० । जनरल सुलेमानीको हत्या पछि आक्रोसीत ईरानी नागरिक मध्य केही ह्याकरहरुले अमेरीकाको सरकारी वेबसाईट ह्याक गरी ट्रम्प माथि आक्रमण गरेको र उनको मुखबाट रगत बगिरहेको तस्वीर सार्वजनिक गरेको छ ।
डेली मेलका अनुसार अमेरीकाको फेडेरल डिपोजिटरी लाईब्रेरीको एफडीएलपी डट जिओभी नामक वेबसाईट ह्याक गरी ईस्लामिक रिपव्लिक अफ् ईरानको नाममा यस्तो सामाग्री प्रकाशन गरिएको छ ।
उनीहरुले भगवानको नाममा भन्दै लेखेको सन्देशमा यो ईरानको साईबर क्षमताको सानो पार्ट मात्रै हो, हामी सधैंँ तयार छौं ।
सन् २०१३ मा पनि ईरानी ह्याकरले अमेरीकी साईट ह्याक गरेका थिए । सो पोष्ट पछि सार्वजनिक तस्वीरमा ट्रम्पको गालामा ईरानी सुरक्षा गार्र्डले मुक्का हानेको र उनको मुखबाट रगत चुहिएको तस्वीर सार्वजनिक भएको छ । जुन काल्पनिक तस्वीरमा दुई वटा क्षेप्यास्त्र प्रहार भईरहेको पनि देखाईएको छ