Breaking News
 | 
  • अपराध/दुर्घटना

    युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनायो

    एजेन्सी/युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसले आक्रमण तीव्र बनाएको छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण…

    Read More
  • अपराध/दुर्घटना

    टेक्सासको विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु

    एजेन्सी/अमेरिकाको टेक्सासमा रहेको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको…

    Read More
  • अपराध/दुर्घटना

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स क्याम्पसका कोअर्डिनेटर पक्राउ

    काठमाडौं/चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा…

    Read More
  • अपराध/दुर्घटना

    माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जना दाङबाट पक्राउ

    दाङ/माटोको इँटालाई सुन भनी झुक्याउने पाँच जनालाई दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्दप्रसाद रिजालका अनुसार दाङको राजपुर गाउँपालिका ६ खाङ्ग्रानाका २६ वर्षीय राजकुमार बुढा, २४ वर्षीय प्रकाश खड्का, दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी, सल्यानको शारदा नगरपालिका १ की ४९ वर्षीया सावित्रा…

    Read More
  • अपराध/दुर्घटना

    गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

    गुल्मी/प्रहरीले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलका अनुसार गुल्मीको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका हो। पक्राउ पर्नेमा शिक्षक निलकण्ठ बस्याल र प्रकाश भट्टराई रहेका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    बलत्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाण्डौं/ बलात्कार पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाण्डौको माइतीघरमा प्रदर्शन भएको छ । आठ वर्षअघि एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन…

    Read More
  • अपराध/दुर्घटना

    विजय उत्सवको गाडीमा करेन्ट लाग्दा दुई जनाको ज्यान गयो, १० जना बढी घाइते

    सल्यान/विजयी उत्सव मनाउन लागि आउँदै गरेको गाडीमा करेन्ट लाग्दा सल्यानमा २ जनाको ज्यान गएको छ भने १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा ठोक्किएर करेन्ट लागेको प्रहरीले जनाएको…

    Read More
  • अपराध/दुर्घटना

    विजय जुलुसको लागि मान्छे ल्याउन गएको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

    महेन्द्रनगर/दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार आज बिहान साढे ९ बजे गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा जीपका…

    Read More
  • अपराध/दुर्घटना

    इलाममा मतगणनाको विषयमा विवाद, दुई राउन्ड हवाई फायर

    इलाम/इलामको देउमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।

    Read More
  • Uncategorized

    रौतहटमा मतपेटिका लुटपाट

    रौतहट/रौतहटमा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।  मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई…

    Read More