Breaking News
 | 
  • अपराध/दुर्घटना

    आगलागीमा परी वृद्धको मृत्यु

    किमाथाङ्का,(सङ्खुवासभा)/चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो । आज बिहान ग्यास चुहिएर उहाँको घरमा आगलागी भएको थियो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी रु १० लाख बराबराको क्षति भएको प्रहरी…

    Read More
  • अपराध/दुर्घटना

    पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ

    काठमाडौँ/वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेदकोट नगरपालिका–१० घर भई हाल काठमाडौँ महानगरपालिका–२६ बस्ने ३३ वर्षीय भीमबहादुर महर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजिकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेका महरले…

    Read More
  • सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालियो

    मान्म,(कालीकोट)/कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको हो । सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँडेका पचालझरना–७ नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएपछि…

    Read More
  • चीनसँगको सीमा जोडिएको लप्चीगाउँमा भालु आतङ्क

    दोलखा/भालु आतङ्कबाट पीडित तिब्बतसँग सीमा जोडिएको बिगु गाउँपालिका–१ लप्चीगाउँका स्थानीय गाउँ छोडुनुपर्ने अवस्थामा पुगेका छन् । जङ्गली भालुको आतङ्कबाट मानिससहित पशुचौपाया जोगाउन हम्मेहम्मे परेकाले बाध्य भई थातथलो छोड्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय पासाङ छिरिङ शेर्पा बताउनुहुन्छ । उहाँका अनुसार मौसम असाध्यै चिसो भएको अवस्थामा घर भत्काउने, खाद्यान्न बाली नष्ट गर्ने र मानिस तथा पशुचौपायालाई आक्रमण…

    Read More
  • जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

    बागमती/जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भवन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा सर्लाहीको बरथवा नगरपालिका–१ निवासी २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने भन्ने रोमबहादुर घतानेलाई…

    Read More
  • दिल्लीमा लाल किल्ला बाहिर विस्फोटन

    दिल्लीको लाल किल्ला मेट्रो स्टेशननजिकै एउटा कार विस्फोटन भएको छ। घटनामा कम्तीमा आठ जना मारिएको प्रहरीले बताएको छ। दिल्लीको अग्निनियन्त्रक सेवाले जानकारी दिएअनुसार साँझ ६:५५ उनीहरूलाई फोनबाट लाल किल्ला मेट्रो स्टेशनको गेट नम्बर एक नजिक एउटा सवारीसाधनमा विस्फोटन भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि छ वटा गाडीमा आगो लागेको बताइएको छ। त्यहाँ रोकिएका अन्य केही…

    Read More
  • कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

    काठमाडौँ/नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मृत्यु भएको छ। हिजो शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले नागरिकन्युजलाई जानकारी दिए। आलमको शव अन्तिम दाहसंस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकिएको भट्टराईले बताए। पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई…

    Read More
  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    दशरथचन्द (बैतडी)/बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रराज भट्टका अनुसार सिगास गाउँपालिका–३ धमकट्टेका ७५ वर्षीय हरुवा साउदको मृत्यु भएको हो । उहाँका नाति २०…

    Read More
  • अपराध/दुर्घटना

    रुकुम जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

    रुकुमपूर्व/रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ झारमारे नजिकै लिस्नेमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । मृतकमा आठबिसकोट नगरपालिका–३ की ३० वर्षीया कमला वली,…

    Read More
  • अपराध/दुर्घटना

    सर्पको डसाइबाट बालकको मृत्यु

    सुरुङ्गा,(झापा)/सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो । राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय…

    Read More