माडीमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु

चितवन/करेन्ट लागेर चितवनको माडीमा एक जना बृद्धको मृत्यु भएको छ । माडी नगरपालिका ६ रामराज्यपुरका ६० बर्षिय नम बहादुर थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै घरमा काम गर्ने क्रममा उनलाई अचानक उच्च भोल्टको करेन्ट लागेको हो । बिहीबार साँझ ७ बजे फलामको लामो रड घरमाथि चढाउने क्रममा रडको टुप्पोले विद्युत वितरण केबुल (तार) मा छोइन पुग्दा थापा मगरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी (डिएसपी) नरहरी अधिकारीले बताउनुभयो ।

करेन्ट लागेर गम्भिर घाइते भएका मगरलाई उपचारका लागि बघौंडा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।