सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं/सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका(१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाललाई नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले आरोपमा विकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेको आरोपमा भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।