बाघको आक्रमणमा परि राप्तीमा एक जना घाईते

चितवन/बाघको आक्रमणमा परि चितवनको राप्तीमा एक जना घाईते भएका छन् । राप्ती १ डिपार्ट स्थितमा गाँउबस्ति नजिकै बाघले आक्रमण गर्दा बर्ष ४३ को ईन्द्र ब. थिङ (वाईबा) घाइते भएका हुन् । उनको अनुहार र घाँटिमा चोट लागेको छ ।
प्रहरीका अनुसार आज विहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा बाघले आक्रमण गरि घाईते बनाएको भन्ने खवर प्राप्त भएपछि प्रहरीको टोलि उक्त स्थानमा गई थिङको को उद्दार गरेको थियो । घाईतेको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । 

साथै उक्त बाघले आक्रमण गरी सोही स्थानका सुक ब.थिङको एउटा भैंसी, सुकराम तामाङको दुईवटा  बंगुर मारेको र जित ब. थिङको १ वटा गाई समेत घाईते बनाएको पनि प्रहरीले जानकारी दिएको छ ।

बाघ अहिले पनि बस्ती नजिकै धानखेतमा रहको र नियन्त्रणमा लिने प्रयास भइरहेको लोथर उपभोक्ता समितिका अध्यक्ष मान बहादुर स्याङबोले जानकारी दिनुभयो ।