लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किदा एक जनाको मृत्यु

चितवन/पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कार, ना ७ ख १३७१ नम्बरको ट्याङ्कर र बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो ।

ट्याङ्कर चालक र कार चालक पक्राउ परेका पनि उहाँले जानकारी दिनुभयो ।