चट्याङ लागेर दुई जनाको मृत्यु

सप्तरी/चट्याङ लागेर सप्तरीको बोदे बरसाइन नगरपालिका ३ मधुवनमा दुई जनाको मृत्यु भएको छ ।
आज बिहीवार दिउँसो घर नजिकै गाईगोरु चराउन गएका बेला चट्याङ लागेर ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

पानी परिरहेका बेला एउटै छातामा ओत लागेका दुवै जनाको चट्याङ परेर घटनास्थलमै मृत्यु भएको हो ।

उतिहरूको शव अहिले पोस्टमार्टमका लागि राजविराजको गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा पठाइएको छ ।