| 
  • अपराध/दुर्घटना

    बाल यौन-हिंसामा मिलापत्र, ‘शून्य सहिष्णुता’ अलपत्र

    कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए । गोकुलेस्थित स्थानीय…

    Read More
  • अपराध/दुर्घटना

    सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै तीन सय युवाबाट ६ करोड ठगी

    सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको…

    Read More
  • अपराध/दुर्घटना

    सिक्टा सिँचाइ आयोजनाः भत्केको नहर सरकारले बनाउने

    परीक्षणका क्रममा भत्केको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर सरकारले मर्मत गर्ने भएको छ । यसअघि मूल नहरको मर्मत सरकार वा ठेकेदार कम्पनीमध्ये कसले गर्ने भन्नेबारे विवाद थियो । सरकारी अधिकारीहरुले परीक्षणका क्रममा भत्केकाले मर्मतको दायित्व आफ्नो नहुने तर्क ठेकेदार कम्पनीले गर्दै आएको थियो । जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशक सरिता दवाडीको सिक्टामा राज्यको…

    Read More
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगारीको कहर : एक दशकमा ७,३०४ को मृत्यु

    वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ । नेपालबाट हरेक वर्ष चार लाख हाराहारीमा जनशक्ति वैदेशिक रोजगारीमा जाने तथ्यांक छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले रोजगारमा जाने नेपालीलाई अपर्याप्त आराम, न्यून पारि श्रमिक, स्वास्थ्यमा लापरबाही र पारिवारिक झमेला तथा दबाबका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु हुने…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा युवतीहरूमाथि सिलसिलेबार ‘सिरिन्ज’ आक्रमण

    पछिल्लो डेढ महिनामा काठमाडौंको डल्लु क्षेत्रमा चार युवतीमाथि ‘सिरिन्ज’ आक्रमण भएको छ । एउटा घटना डेढ महिनाअघि भए पनि पछिल्ला केही दिनमा उस्तै प्रकृतिका तीन घटना दोहोरिएका छन् । सिरिन्ज आक्रमणमा परेका चार युवती उपचारका लागि आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा। अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कम्मरमा काँटीले…

    Read More
  • अपराध/दुर्घटना

    वैदेशिक रोजगारः ११ महिनामा ५०२ को मृत्यु

    वैदेशिक रोजगारमा गएकाहरुको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार वोर्डको तथ्याकं छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ । वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६।४२ प्रतिशत…

    Read More
  • अपराध/दुर्घटना

    गुठीको जग्गामा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाण्डेको रजाई

    गुठीको जग्गा संरक्षण गर्ने जिम्मा लिएको निकायले आँखा चिम्लिदा सिंहसार्थ गरुड भगवान बहाल गुठीका नाममा रहेको अर्बौं रुपियाँ पर्ने जग्गामा भव्य भवन ठडिएको छ । काठमाडौं महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायतका निकायले सो गुठीको नाममा रहेको जग्गा जोगाउने पहल नगर्दा करिब १५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको हो । सो…

    Read More
  • गोष्ठी गर्दै बजेट सक्दै, महँगा होटलमा कर्मचारी भरिभराउ

    असार महिना किसान खेतीपातीमा व्यस्त छन् , यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन् । किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न छन् । गोष्ठीकै कारण सहरी क्षेत्रमा महँगा होटल भरिभराउ छन् । सरकारले ०७५ वैशाख २७ मा सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न…

    Read More
  • अपराध/दुर्घटना

    सामाजिक सञ्जालले आत्महत्या बढायो , दैनिक १५ को मृत्यु

    प्रविधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ । अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ । नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रुपमा देखिएको छ ।’ मुलुकमा सडक दुर्घटनापछि…

    Read More