चितवनका दर्जनौ होटलमा प्रहरीको सरप्राईज छापा

८ दर्जनभन्दा बढी पक्राउ, दुई दर्जन पेशेवर यौंनकर्मी हिरासतमा, बाँकी छुटे ।

                                                                                                                                                                                           फाईल तस्बिर :
चितवन । चितवनको विभिन्न क्षेत्रका होटलहरुमा प्रहरीले आज सरप्राईज छापा मारी ९७ जनालाई पक्राउ गरेको छ ।
अवैध यौनधन्दा भइरहेको सूचनाका आधारमा सोमबार दिउँसो नारायणगढको पुलचोक, पोखराबसपार्क, न्युरोड, भरतपुर बसपार्क, टाँडी, रामनगर, शिबघाट लगायतका क्षेत्रमा रहेका होटल, लज तथा कटेजहरुमा प्रहरीले छापा मारेको हो ।
होटलमा छापा मार्ने क्रममा प्रहरीले ९७ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालकलाई समेत सोधपुक्षको लागी पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेका मध्य अन्यलाई आवश्यक कागज गराई होटल ब्यबसायीहरुको रोहबरमा छाडेपनि २० जनालाई भने प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखेको छ । हिरासतमा राखीएकामा अधिंकास पेशेवर यौनकर्मी रहेको प्रहरी श्रोतको दाबी छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच,होटलहरुमा प्रहरीले आकस्मिक र सरप्राईज छापा मारेर होटलबाट बिगतको सहमति बिपरित मानिसहरु ल्याएको भन्दै साँझपख ठुलो सख्ँयामा आएका होटल ब्यबसायीहरुलाई एसपी दान बहादुर मल्लले ब्यबसाय सञ्चालनको नाममा अनैतिक क्रियाकलाप गर्नेहरुलाई प्रशय नदिन ब्यबसायीहरुलाई आग्रह गरेका छन् । एसपी मल्लले चितवनमा र्दुब्यसन,बिकृती बिसंगति र अपराध न्युनिकरण गर्ने आफ्नो मुख्य उधेश्य रहेको भन्दै उनले चितवनमा सामाजिक बिकृती बिसंगति अन्त्य गर्ने र अपराध नियन्त्रणमा सहयोग गर्न ब्यबसायीहरुसँग अनुरोध गरेका थिए ।