पुर्बी चितवनमा विद्यालयमै जाडपार्टी (भिडियो सहित)

प्रधानाध्यापक सहित पाँच पुगे प्रहरी खोरमा


चितवन /विद्यालय जस्तो पबित्र स्थलमा भब्य जाडपार्टी गर्दागर्दै जाडपार्टी गर्ने प्रधानाध्यापक सहित पाँच जना प्रहरी खोरमा पुगेका छन्। पुर्बी चितवनको रत्ननगर ९ स्थ्ति कपरखोरी माध्यमिक विद्यालयमा प्राचार्य विष्णु कट्टेल सहित ५ जना जाँड पार्टी गरिरहेको अवस्थामा गाँलेको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

असार मसान्तको क्लोजिङ सकेर विद्यालयकै अफिस भित्र जाडपार्टी गर्दै गरेको बेलामा उनीहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । जाँड खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले प्रधानाध्यापक सहित सह प्रधानाध्यापक कृष्ण विलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख सन्तोस आर्चायले जानकारी दिए । डिएसपी आचार्यका अनुसार विद्यालय निर्माण गर्न बसेको ठेकेदारको स्टाफहरु बस्ने कोठामा जाडरक्सी सहित पार्टी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरी राती नै ईलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ।प्रहरीका अनुसार उनीहरुलाई सामाजिक चालचलन र अभद्र ब्यबहारको मुद्धा चल्न सक्ने छ ।