हात्तीको आक्रमणमा परी एकको मृत्यु

चितवन,असार ३१ / चितवनमा जंगली हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीका स्थानिय ६२ बर्षको कान्छो दराईको जंगली हात्तीको आक्रमण मा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए। दराईलाई हात्तीले घिर्सादै जंगलमा लगेको उनले बताए। कामको लागि सौराहा जाने क्रममा बिहान करिब ६ बजे बाघमारा सामुदायिक वनको चौर नजिक दराईलाई हात्तीले आक्रमण गरेको थियो ।