ठुला होटलमा प्रहरीले किन छापा मार्न सक्दैन :साना ब्यबसायी, छापामार शैलीको प्रहरी अप्रेशन खेदजनक : संघ

चितवन । चितवनका विभिन्न क्षेत्रका होटलहरुमा प्रहरीले गत् सोमबार दिउसो छापा मारी एक दर्जनभन्दा बढी पेशेवर यौंनकर्मी सहित ९७ जनालाई पक्राउ गरेको छ ।
लामो समयपछी सोमबार दिउँसो सरप्राईज रुपमा प्रहरीले नारायणगढको पुलचोक, पोखराबसपार्क, न्युरोड, भरतपुर बसपार्क, टाँडी, रामनगर, शिबघाट लगायतका क्षेत्रमा रहेका होटल, लज तथा कटेजहरुमा छापा मारेको हो ।
होटलमा छापा मार्ने क्रममा प्रहरीले ९७ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्ये ४३ महिला, ४२ पुरुष र १२ जना होटल सञ्चालकलाई समेत सोधपुक्षको लागी पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले जनाएअनुसार उनीहरु विभिन्न होटलबाट रंगेहात पक्राउ परेका हुन् । पक्राउ परेका मध्य अन्यलाई आवश्यक कागज गराई होटल ब्यबसायीहरुको रोहबरमा छाडेपनि एक दर्जन भन्दा बढीलाई भने प्रहरीले थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमा राखेको छ । हिरासतमा राखीएकामा अधिंकास पेशेवर यौनकर्मी रहेको प्रहरी श्रोतको दाबी छ । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
होटलहरुमा प्रहरीले आकस्मिक र सरप्राईज छापा मारेर होटलबाट बिगतको सहमति बिपरित मानिसहरु ल्याएको भन्दै साँझपख ठुलो सख्ँयामा आएका होटल ब्यबसायीहरुलाई एसपी दान बहादुर मल्लले ब्यबसाय सञ्चालनको नाममा अनैतिक क्रियाकलाप गर्नेहरुलाई प्रशय नदिन ब्यबसायीहरुलाई आग्रह गरेका छन् । एसपी मल्लले चितवनमा र्दुब्यसन,बिकृती बिसंगति र अपराध न्युनिकरण गर्ने आफ्नो मुख्य उधेश्य रहेको भन्दै उनले चितवनमा सामाजिक बिकृती बिसंगति अन्त्य गर्ने र अपराध नियन्त्रणमा सहयोग गर्न ब्यबसायीहरुसँग अनुरोध गरेका थिए ।

ठुला होटलमा प्रहरीले किन छापा मार्न सक्दैन :साना ब्यबसायी

यसैबिच साना होटल ब्यबसायीहरुले जहिलेपनि प्रहरीले साना होटलमा मात्र छापा मार्ने गरेको भन्दैं बिरोध जनाएका छन् । भण्डाफोर सँग कुरा गर्दै नारायणगढका एक होटल ब्यबसायीले भने प्रहरीले कहिल्यैं ठुला होटलमा छापामारी कोही कसैलाई प्रहरी कार्यालयमा ल्याउन सकेको छ ? छ भने एउटा घटना देखाउनुस् उनले आक्रोशित हुँदै भने जहिल्यैपनि प्रहरीको नयाँ हाकिम आईसकेपछ िसाना होटलमा मात्र छापा मार्ने काम हुन्छ यो प्रहरी ज्याद्धती नै हो । त्यस्तै भरतपुर बसपार्कका अर्का होटल ब्यबसायीले भने चौंधरी ग्रुपले सञ्चालन गरेको ठुला होटलमा काठमाण्डौबाटै हायर गरेर ल्याईन्छ । त्यस्ता ठुला होटलमा बस्ने अधिंकास युवा युवती उच्च घरानीया र हाईप्रोफाईलका छोरा छोरी तथा शक्तिशाली ब्यक्तिहरु पर्छन, त्यसैले ति होटलमा प्रहरीले छापा मार्न नसकेको आफुहरु कम्जोर भएकाले प्रहरीले हेपेको उनले गुनासो गरे । उनले थपे ब्यबसायिक बाताबरण नै धुमिल पार्ने गरी प्रहरीले होटल तथा लजको बन्द कोठा कोठामा आंतकित पार्ने गरी छापा मार्नु गैंह्रकानुनी कार्य हो ।
यता, चितवन होटल ब्यबसायी संघका अध्यक्ष सर्मिला न्यौंपानेले प्रहरीले बिगतको सहमति बिपरित होटलमा अन्धाधुन्ध छापामारी त्रसित बनाएको बताईन् । नजिकीदै गरेको पर्यटन बर्षको पुर्ब सन्ध्यामा प्रहरीले यस्तो गर्नु गलत भएको उनको जिकिर छ ।

छापामार शैलीको प्रहरी अप्रेशन खेदजनक : संघ
यसैबिच होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ चितवनले सोमबार प्रहरीले गरेको अप्रेशन खेदजनक भएको भन्दै बिरोध जनाएको छ । संघका अध्यक्ष दिपक ढकालले मंगलबार एक बिज्ञप्ती जारी गर्दै होटल होटलमा छापामार शैलीमा प्रहरी परिचालीत हुँदा ब्यबसाय धराशयी बन्ने अवस्था उत्पन्न भएको भन्दै प्रहरी अप्रेशनप्रति असन्तुष्टि जनाएको हो । संघका अध्यक्ष दिपक ढकालले भण्डाफोर अभियानसंग कुरा गर्दै भने हामी पनि क्लिन चितवन हुनुपर्छ भन्छौं तर तर अपराध नियन्त्रणमा लाग्नुपर्ने प्रहरी होटल तथा लजका कोठामा बसेका आफ्ना पाहुनाहरुलाई बिना जाँचबुझ उठाउदै हिडदा ब्ययसायिक बाताबरण बिग्रिएको गुनासो गरे कोही एकाध मान्छे खराब हुनसक्छन तिनीहरुलाई प्रहरीले कार्बाही गरोस तर आम रुपमा सबैलाई प्रहरी भ्यानमा कोचि जर्बजस्ती अपराधी सरह ल्याई सोधपुछको नाममा मानसिक तनाब दिएपछी को आउछ अब होटलमा बस्न ? प्रहरी कार्यशैली प्रति चर्को टिप्पणी गर्दै उनले भने पर्यटन प्रहरीको कार्यशैली यस्तै रहेमा पर्यटन बर्ष २०२० पूर्ण रुपमा असफल हुने ठोकुवा गरे । उनले आक्रोशित हुँदैं भने ब्यबसायीको नेतृत्व गर्छु भन्ने चितवन होटल ब्यबसायी संघकै समन्वयमा होटल ब्यबसायीहरुलाई अनावश्यक दुःख दिएको भन्दै त्यसको भत्र्सना समेत गरे । स्मरण रहोस गत् अधिबेशन पछी चितवनका साना होटल ब्यबसायीहरुमा फुट आई दुईवटा होटल ब्यबसायी संघ बनेको छ । आजको भण्डाफोर अभियानबाट