रत्ननगर प्रहरीको सक्रियता बढदैं : ४३ केजी लागूऔषध सहित एक महिला पक्राउ


चितवन, ३१ असार । ईलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले कमाण्ड समालेपछी सो क्षेत्रमा प्रहरीको सक्रियता र सफलता चुलिदै गएको हो ।
हिजो सोमबार राती डिसपी सन्तोष आचार्यकैें कमाण्डमा प्रहरीले करिब ४३ केजी लागूऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । भारत जिल्ला मोतिहारी घर भई हाल चितवनको रत्ननगर २ स्थित टाँडीमा बस्दै आएकी अन्दाजी ७० बर्षकी नुर्जाहा खातुनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।चरेससहित पक्राउ परेकी खातुन अहिले रत्ननगर प्रहरीको नियन्त्रणमा रहेकी छिन् । उनी माथि थप अनुसन्धान कार्य भईरहेको डिएसपी आचार्यले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय रत्ननगर आएदेखि एकपछी अर्को कार्बाहीमा सफलता हात पारेका डिएसपीको कमाण्डमा रहेको प्रहरीले यस अघि रत्ननगर नगरपालिका ७ स्थित बाघमाराबाट खैरो हिरोईन सहित ३ जनालाइ पक्राउ गरेको थियो । उनीहरुको साथबाट पनि प्रहरीले २ दशमलव ७४ ग्राम खैरो हिरोईन र गाँजा समेत बरामद गरेको थियो । पछिल्लो कार्बाही सँगै आचार्यको कमाण्डमा रहेको प्रहरीले एकपछी अर्को सफलता प्राप्त गरेसँगै सो क्षेत्रमा शान्ती सुरक्षा र अपराध नियन्त्रणमा भएको सुधारले स्थानीयले डिएसपी आचार्यको मुक्तकंठले प्रशसा गर्न थालेका छन् ।