भरतपुरस्थित क्यान्सर अस्पतालमा अनियमिता नै अनियमितता


चितवन । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एकपछी अर्को अनियमितताहरु बढदै गईरहेको छ । मित्रराष्ट चिन सरकारको उपहार स्वरुप प्राप्त सो हस्पिटलमा राजनितिक आडमा चरम भष्ट्रचार, बेथिती र अनियमितता बढी रहेपनि त्यसलाई सरकारले रोकथाम गर्न नसक्दा अस्पताल स्वंय क्यान्सरग्रस्त बन्दै रिफर सेन्टरमा परिणत हुँदै गएको हो । अस्पताल प्रशासनले स्वंय पक्षपाती ब्यबहार गर्दा पिडीत बन्नेहरु पनि बढीरहेको पाईएको छ ।
अस्पतालमा केहीदिन अघि भएको बढुवामा यस्तै अनियमितता भएको पाईएको छ । अस्पतालले आन्तरिक बढुवा गर्ने भनि गत् बर्ष माघ २६ गते सुचना प्रकाशन गरी सिस्टर तह । श्रेणी अधिकृत सातौं नर्सिङ्गमा बिज्ञापन निकालेकोमा गत् जेठ २० गते नतिजा प्रकाशन गरेको थियो । नतिजामा सिनीयर नर्स पार्बती सिलवालाई बढुवा गर्नुपर्नेमा राजनितीक भागबण्डाको आधारमा अन्यलाई बढुवा गरेको देखिन्छ । योग्यता, कार्यअबधी, यस अघिको नम्बरीङ्ग आदीको आधारमा पार्बती सिलवालको बढुवा हुनुपर्ने देखिएपनि अस्पतालका कार्यकारी निर्देशक बिजयराज आचार्यले पक्षपाती ब्यबहार गरेको स्वंय तथ्याङ्कले देखाएको छ । त्यस्तैं खरदार तर्फको बढुवामा समेत अनियमितता भएको पिडीत कर्मचारीहरुले जानकारी दिए । कतिपय डा.हरु, नर्स, कर्मचारी तथा प्राबिधिकहरुका ब्यबहारका कारण बिरामी र तिनका आफन्त हैरान छन् । अस्पतालमा कार्यरत डा.देखि कर्मचारी सम्मका बाहिरका निजी अस्पतालमा लगानी रहेको र उनीहरुको दैनिकी धन्दा नै सरकारीमा बस्ने र मानो खाने अनि भित्रभित्रै निजीको काम गर्ने भएको छ ।
अर्कोतर्फ अस्पतालमा भएका बेथिती र भ्रष्टचारका घटना उजगार नहुन भन्नका लागी दलगत पत्रकारलाई समेत बिभिन्न शिर्षकमा रकम निकासी भएको बुझ्नमा आएको छ । यस बिषयमा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ । अख्तियार लगाएतका राज्यका भ्रष्टचार नियन्त्रण गर्ने निकायहरुले पनि अस्पतालका बोर्ड सदस्य देखि तल सम्मका केही भ्रष्ट कर्मचारीहरुमाथी छानबिन गर्नुपर्ने देखिएको छ ।
आजको भण्डाफोर अभियानबाट