Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    बाघको आक्रणबाट भरतपुरमा एकजना घाइते

    चितवन/बाघको आक्रणबाट चितवनको भरतपुर २३ मा एक युवा घाइते भएका छन । आज शुक्रबार बेलुकी ४ः२० बजेको समयमा भरतपुर महानगर २३ स्थित हरियाली सामुदायिक वन नजिक राप्ती खोला हेर्न गएको अवस्थामा ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरी घाइते बनाएको छ । छाती र कुमममा चोट लागेका उनको नयाँ मेडिकल कलेज (सिएमसी) मा उपचार भइरहेको…

    Read More
  • मुख्य पृष्ठ

    पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडक भोलि बिहान ६ बजेसम्म बन्द

    तनहुँ/रासस/पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ । आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो । बिहान सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । सडक भासिएको ठाउँमा भित्तापट्टी…

    Read More
  • अपराध/दुर्घटना

    माडीमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु

    चितवन/करेन्ट लागेर चितवनको माडीमा एक जना बृद्धको मृत्यु भएको छ । माडी नगरपालिका ६ रामराज्यपुरका ६० बर्षिय नम बहादुर थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नै घरमा काम गर्ने क्रममा उनलाई अचानक उच्च भोल्टको करेन्ट लागेको हो । बिहीबार साँझ ७ बजे फलामको लामो रड घरमाथि चढाउने क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    ११ महिनामा बाघको आक्रमणबाट चितवनमा १५ जनाको मृत्यु

    चितवन/रासस/मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ आज नियन्त्रणमा लिएको हो । उक्त बाघले आज बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं। १ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा) लाई आक्रमण गरी घाइते बनाएको थियो । सोही क्षेत्रबाट बाघलाई…

    Read More
  • अपराध/दुर्घटना

    सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ

    काठमाडौं/सामाजिक सञ्जालमा चरित्र हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका(१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाललाई नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । अश्लिल भिडियो…

    Read More
  • अपराध/दुर्घटना

    मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु

    चितवन/चितवनको इच्छाकामना गाउँपालिकाको मौवाखोला नजिकै बसले ठक्कर दिंदा सोहि बसका सहचालकको मृत्यु भएको छ । आज बिहान काठमाण्डौबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल-भारत मैत्री) बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षका जनक दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि भरतपुरस्थित सरकारी अस्पताल…

    Read More
  • अपराध/दुर्घटना

    बाघको आक्रमणमा परि राप्तीमा एक जना घाईते

    चितवन/बाघको आक्रमणमा परि चितवनको राप्तीमा एक जना घाईते भएका छन् । राप्ती १ डिपार्ट स्थितमा गाँउबस्ति नजिकै बाघले आक्रमण गर्दा बर्ष ४३ को ईन्द्र ब. थिङ (वाईबा) घाइते भएका हुन् । उनको अनुहार र घाँटिमा चोट लागेको छ । प्रहरीका अनुसार आज विहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा बाघले आक्रमण गरि घाईते बनाएको…

    Read More
  • चितवन सेरोफेरो

    मुग्लिन–नारायणगढ र मुग्लिन–नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा

    चितवन/मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् । अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् । लामो जामका कारण…

    Read More
  • मुख्य पृष्ठ

    आँबुखैरेनीको साँखरस्थित ड्याम नजिक सडक भासिँदा दुईतर्फी सवारी आवागमन अवरुद्ध

    तनहुँ/पृथ्वी राजमार्गमा सडक भासिँदा  दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिकको सडक करिब २० मिटर भाग भासिएको हो । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने…

    Read More
  • मुख्य पृष्ठ

    नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव

    काठमाण्ठौ/नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ । पश्चिमी तथा मध्य भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि…

    Read More