| मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन सेरोफेरो

    चितवन-३मा रोचक प्रतिस्पर्धा

    चितवन/अघिल्लो पटक २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दबदबा रह्यो। यहाँका तीन निर्वाचन क्षेत्रमध्ये दुई वटामा भारी मतका साथ रास्वपाका उम्मेदवार विजयी बने। रास्वपाबाट क्षेत्र नम्बर १ मा हरि ढकाल र २ मा रवि लामिछानेले विजय प्राप्त गर्दा ३ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ं का उपाध्यक्ष विक्रम पाण्डे…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

    काठमाडौँ/आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो…

    Read More
  • चितवन सेरोफेरो

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको दोस्रो भागको काम सकियो, एकभाग बाँकी

    चितवन/चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो भागको काम सकिएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गाणना गरिँदैछ । यसभित्र तीन भाग बनाइएको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो भागकोसमेत गणना सकेर क्यामेरा निकाल्ने काम सुरु गरिएको छ । उहाँले…

    Read More
  • मुख्य पृष्ठ

    एकैदिन ५२ सयले बढेपछि सुनको मूल्य पुग्यो प्रतितोला ३ लाख ९ हजार

    काठमाडौँ/नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ९ हजार रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार…

    Read More
  • चितवन सेरोफेरो

    भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार

    चितवन/भारतमा दूधको मूल्य बढेपछि यहाँको किसानले बजार पाएका छन् । भारतमा दूधको मूल्य विगतको तुलनामा बढेर नेपाली दूध सरह भएपछि नेपाली किसानले दूधको मूल्य पाएका हुन् । भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा भारतबाट ठूलो मात्रामा नेपालमा दूध आउने गर्दथ्यो । विगतका वर्षमा यो मौसममा भारतबाट अवैैध दूध भित्रिँदा यहाँको उत्पादन प्रभावित हुने गर्दथ्यो । यससँगै…

    Read More
  • मुख्य पृष्ठ

    सुनको भाउले रच्यो इतिहासः प्रतिऔंस ५ हजार डलर कट्यो

    काठमाडौँ/अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले नयाँ इतिहास रचेको छ । प्रतिऔंस सुनको मूल्य पहिलो पटक ५ हजार डलर (३,६५९ पाउन्ड) नाघेको छ । सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको मूल्यले यो वर्ष पनि आफ्नो ऐतिहासिक यात्रालाई निरन्तरता दिएको हो । ग्रीनल्याण्डको विषयलाई लिएर अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) बिच बढेको तनावले विश्वमा…

    Read More
  • मुख्य पृष्ठ

    सर्वोच्चको आदेशद्वारा रेशमलाल चौधरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    काठमाडौँ/सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज कारण देखाउ आदेश गर्दै मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतको आदेशसँगै चौधरीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नमिल्ने…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय सभा निर्वाचनस् लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी

    देउखुरी,(दाङ)/राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा ९एमाले० का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी हुनुभएको हो । महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी हुनुभएको हो । उहाँकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० की दुर्गाकुमारी भण्डारीले…

    Read More
  • मुख्य पृष्ठ

    आठ वर्षमा दुई सय चार किमी सडक कालोपत्र

    पर्वत/बितेका आठ वर्षमा जिल्लामा २०४ किलोमिटर ग्रामीण सडक कालोपत्र भएका छन् । यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–वहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् । पूर्वाधार विकास कार्यालयका अनुसार दोबिल्ला–कटुवाचौपारी–मुडिकुवा–फलेवास–ढिक १४ किलोमिटर, हिमालय–विपाङ–नुवार–खनियाँघाट आठ किलोमिटरसहित जिल्लाका ग्रामीण भेगका सडक कालोपत्र भएका छन् । साथै, सोही अवधिमा मोटर सञ्चालन…

    Read More
  • मुख्य पृष्ठ

    भोलि सुदूरपश्चिम जाँदै बालेन, अछामदेखि कैलालीसम्म चुनाव प्रचार गर्ने

    काठमाडौं/झापाबाट फर्किएका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह भोलि सुदूरपश्चिम जाने भएका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा उनी चुनावी प्रचारमा सहभागी हुने कार्यक्रम छ । चुनावको मनोनयनका लागि झापा पुगेका बालेनले त्यहाँ केही दिन बिताएर हिजो फर्किएका थिए । झापाको बसाइबाट उनी उत्साहित बनेको बताइन्छ । यद्यपि, उनले त्यहाँ रहँदा चढेको महंगो गाडीलाई लिएर विवाद उत्पन्न…

    Read More