Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • अपराध/दुर्घटना

    इटालीमा हेलिकोप्टर दुर्घटना, पाँचको मृत्यु

    एजेन्सी/हेलिकोप्टर दुर्घटना परेर इटालीमा पाँच जनाको मृत्यु भएको छ भने दुई यात्रु हराइरहेका छन् । टुस्कानीको लुक्काबाट उडेको उक्त हेलिकोप्टर उत्तरी सहर ट्रिभिसोतर्फ उडेको थियो । हेलिकोप्टरमा टर्कीका चार जना व्यवसायीसमेत सात जना सवार थिए । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    Read More
  • मुख्य पृष्ठ

    आज हल्का देखि मध्यम वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालको प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू(भागमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ । अन्य प्रदेशका भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ । लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वसांसद भद्रबहादुर थापाको निधन

    पाल्पा/रासस/पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ । रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो । पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए। स्व थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए । नेकपा…

    Read More
  • मुख्य पृष्ठ

    पृथ्वीराजमार्गको आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन

    तनहुँ/पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ । सडक भासिएको ठाउँको कुनापट्टि भित्ता खन्ने काम जारी रहँदा आजदेखि सबै खाले सवारी सञ्चालन गरिएको हो । उक्त खण्डमा एकतर्फीरूपमा सवारी सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रातिको समयमा जोखिम हुने भएकाले…

    Read More
  • मुख्य पृष्ठ

    भोलि ‘विप्लव’ पाटीले एमसीसीको मुख्यालय घेर्ने

    काठमाण्डौं/भोलि (आइतबार) दिउँसो १ बजे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) ले दरबारमार्गमा रहेको एमसीसीको नेपाल कार्यालय घेराउ गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपाका केन्द्रीय सदस्य चिरन पुनले नेपालमा एमसीसी सम्झौता भएकोप्रति लक्षित गर्दै कतै देशले अब युक्रेनको हालत भोग्नुपर्ने त होइन ?…

    Read More
  • बिश्व/बिचित्र

    अमेरिकामा पछिल्लो ४० वर्ष यताकै उच्च महँगी

    एजेन्सी/अमेरिकामा खाद्यान्न र ऊर्जामा पछिल्लो ४० वर्षयताकै महँगी बढेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार सन् १९८१ यताकै उच्च महँगीको मारमा अमेरिका परेको छ । अमेरिकाको श्रमिक विभागका अनुसार यो वर्ष महँगी दर ८।६ प्रतिशतका दरले बढेको छ । जुन, अघिल्लो महिनाको प्रक्षेपणभन्दा बढी हो । महँगी बढेसँगै अमेरिकाका मध्यम र निम्न वर्गीय सर्वसाधारण…

    Read More
  • मुख्य पृष्ठ

    बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती

    काठमाण्डौं/आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आए पनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरूले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भए पनि कार्यक्रममा नै सीमित रहेको उनीहरूको गुनासो छ । नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री…

    Read More
  • अर्थ/बाणिज्य

    देश पुनः आर्थिक संकटतर्फ लाग्यो

    काठमाण्डौ/चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ । यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक…

    Read More
  • चितवन सेरोफेरो

    तोपे खोलाको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

    चितवन/चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिरो हटाएपछि राति १ः३० बजे बाटनै सडक खुलेको हो । गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसेपछि बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।

    Read More
  • अपराध/दुर्घटना

    अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, एक जना पक्राउ

    कास्की/महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिने धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गरेको हो । तिमिल्सेनाले गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् ।…

    Read More