Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • रंगशाला निर्माणका लागि साना साना बिधार्थीको ठुलो सहयोग

    भरतपुर ११ को ज्ञानदर्शन बोर्डिङ स्कुलको ४ कक्षामा पढ्ने सेजल ढकालले दुई बर्षदेखि खुत्रुकेमा जम्मा गरेको रकम भरतपुरमा रंगशाला निर्माणका लागि दिइन् । विद्यालयमा आयोजित कार्यक्रममा उनले १५ हजार १ सय ६३ रुपैयाँ धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरिन् । दशैं, तिहार, जन्मदिनको दक्षिणा सेजलले खुत्रुकेमा जम्मा गर्दै आएकी थिइन् । सेजलले…

    Read More
  • अपराध/दुर्घटना

    राजधानीमैं श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार,अवस्था गम्भीर

    काठमाडौं । राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट ती…

    Read More
  • ३ दिन मेघ गर्जनसहितको वर्षा र हिमपातको सम्भावना : मौसमविद

    काठमाडौं,बैशाख ३१/राजधानी काठमाडौंसहित देशभरको अहिलेको मौसम सफा रहेपनि दिउँसो केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देखि नै देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि…

    Read More
  • चितवन सेरोफेरो

    परिवारको राजीखुसीमा अन्तरजातीय विवाह सम्पन्न

    भरतपुर, चितवन। नेपालमा कानुन बनेर लागु भई सक्दा पनि जातीय भेदभाव कायमै छ । अहिले पनि कथित जातकै नाममा यहाँ जातीय विभेद हुने गरेका छन् । यहि विभेदकै बिच पनि धेरै जोडीले अन्तरजातीय विवाह गरेका छन् । यसरी विवाह गर्दा केहि जोडीले शारीरिक, मानसिक याताना पाएका छन् भने कतिपय जोडी घर परिवारबाटअपहेलित भएर दुखी जीवन…

    Read More
  • अपराध/दुर्घटना

    किन गए नक्सा पास नभएको चर्चको भवन उद्घाटनमा काँग्रेस नेता अर्जुन नरसिंह केसी ?

    नुवाकोट, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नुवाकोट जिल्लामा क्रिश्चियनहरूले नक्सा पास नै नगरेर बनाएको चर्चको भवनको उद्घाटन गरेका छन् । कांग्रेसका नेता केसी र नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीसहितका नेताहरूले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ मा रहेको पञ्चासेमा नवजीवन एजी चर्चको नक्सा पास नभएको भवनको उद्घाटन…

    Read More
  • अपराध/दुर्घटना

    सर्वोच्चको फैसला : गुठीको जग्गा व्यक्तिलाई

    सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु…

    Read More
  • चितवन सेरोफेरो

    वागीश्वरीमा हठयोग साधना

    चितवन । भरतपुर महानगरपालिका वडानं. १ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयमा यहि मिति २०७६÷०१÷२९ गते आईतवार देखि १ महिने हठयोग शाधना शिवीर आयोजन गरिने भएको छ । २०औैं सताब्दिका प्रशिद्ध योगी स्वामी योगेश्वरानन्द सरस्वतीजी महाराज ज्यूको योग परंम्परामा दिक्षित हुनुभएका योग गुरू श्री अमनदीप सिंह ज्यूले प्रत्यक्षरूपमा दिक्षित गर्नुहुने उक्त शिविर जेठ…

    Read More
  • मुख्य समाचार

    क्याम्पसको जग खन्दा भेटियो सुनचाँदी-भागबण्डा नमिलेपछि आयो कुरा बाहिर

    वैशाख २८, काठमाडौं । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा फेरी थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको…

    Read More
  • कला/साहित्य

    नेकपा अध्यक्ष प्रचण्ड र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह

    काठमाडौँ/नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह भएको छ। प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते मागी विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य अवस्था खस्किदै…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधि र राजनीतिक दलका नेता नै नदी दोहनमा

    सिन्धुपाल्चोक / जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरु नै छन् । त्यसैले स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका…

    Read More