राजधानीमैं श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार,अवस्था गम्भीर

काठमाडौं । राजधानीको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्ने अरु कोहि नभई आफ्नै श्रीमान रहेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया आफ्नी श्रीमतीमाथि २८ वर्षीय को विस्णु भुजेलले एसिड प्रहार गरेका हुन् ।

एसिड प्रहारबाट ती युवतीको अनुहार र शरिरको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल लगिएको छ ।

एसिड प्रहार गर्ने भुजेललाई प्रहरीले पक्राउ गरि अनुसन्धान शुरु गरेको छ । भुजेललाई काडाघारिको सनसिटी अपार्टमेन्ट नजिकबाट पक्राउ गरिएको डीआईजी पोखरेलले जानकारी दिनुभयो । युवतीको अवस्था गम्भीर छ ।
यस घटनाबारे थप अनुसन्धान भईरहेको छ । नेपाल समाचारपत्रबाट ।