किन गए नक्सा पास नभएको चर्चको भवन उद्घाटनमा काँग्रेस नेता अर्जुन नरसिंह केसी ?

 पार्टीभित्र खैलाबैला


नुवाकोट, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुन नरसिंह केसीले नुवाकोट जिल्लामा क्रिश्चियनहरूले नक्सा पास नै नगरेर बनाएको चर्चको भवनको उद्घाटन गरेका छन् ।

कांग्रेसका नेता केसी र नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीसहितका नेताहरूले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ४ मा रहेको पञ्चासेमा नवजीवन एजी चर्चको नक्सा पास नभएको भवनको उद्घाटन गरेका हुन् ।

कांग्रेसका नेताहरूले चर्चाको भव्यताका साथ उद्घाटन गरेपछि विवाद भएको छ । कांग्रेसको जागरण अभियान चलिरहेकै समयमा चर्चाको उद्घाटनमा कांग्रेसका नेताहरू भरिभराउ देखिनुलाई कांग्रेसको भोटको राजनीतिको रूपमा स्थानीयले व्यख्या गरेका छन् ।

चर्चको उद्घाटनमा स्थानीय सरकारका मेयर र उपमेयरलाइ समेत निमन्त्रणा गरिएको थियो । मेयर र उपमेयर भने धार्मिक स्वतन्त्रतामा खलल पुग्ने भन्दै कार्यक्रममा गएनन् ।

चर्च बनाउनका विदेशीको सहायता लिइएको छ । विवादास्पद कार्यक्रममा गएपछि केसी दाजुभाईहरूको नुवाकोट कांग्रेसका नेताहरूले नै आलोचना गरेका छन् ।