सर्वोच्चको फैसला : गुठीको जग्गा व्यक्तिलाई

फैसलाको विरुद्ध सरकारी अड्डा एक

सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गाा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए ।

सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँचपटक ताकेता गर्दा समेत झापाकोका सवै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका हुन् ।
यो समाचार आजको राजधानी दैनिकमा टीकाराम नेतिले लेखेका छन् ।