नेकपा अध्यक्ष प्रचण्ड र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह

काठमाडौँ/नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह भएको छ।
प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते मागी विवाह भएको हो ।
पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य अवस्था खस्किदै गईरहेका छ । प्रचण्डपत्नी सिताको स्वास्थ्यमा निकै समस्या बढेपछी गत महिना उपचारको लागी अमेरिका समेत लगिएको थियो । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

विवाह समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार तथा शुभचिन्तकहरुको बाक्लो सहभागिता रहेको थियो ।

विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए ।