नवलपरासीको जग्गा बेचेर बालुवाटारमा किनेको नेकपा महासचिव पौडेलको दाबी
वैशाख ७, काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले नवलपरासीको जग्गा बेचेर बालुवाटारमा खरिद गरेको स्वीकार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार नजिकै रहेको जग्गा विवादमा आफ्नो नाम मुछिएपछि पौडेलले यस्तो दाबी गरेका हुन्। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उनले नवलपरासीमा श्रीमतीको नाममा रहेको आठ कट्ठा जग्गा बेचेर २०६१ सालमा बालुवाटारमा आठ आना जग्गा किनेको दाबी गरेका हुन्।…
Read More