पोल्टी ब्यबसाय धरासायी बन्ने अवस्थामा

दैनिक एक करोड ९२ लाख रुपैयाँ घाटा ब्योहर्दै ।

चितवन । नेपालको एक मात्र आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ ।   अहिले केहीदिन यता आएर एक्कासी बजारको समस्या परेको भन्दै नेपाल अण्डा उत्पादक सघले अण्डाको मूल्य समेत घटाएको छ ।
अण्डाको उपभोक्ता मूल्य रु.१३ वाट घटाइ रु.१० निर्धारण गरेको संघका अध्यक्ष त्रिलोचन कडेलद्वारा गत् सोमबार जारी
बिज्ञप्तिमा जनाईएको छ । वर्तमान बजार अवस्था अनुसार दैनिक १ करोड, ९२ लाख रुपैया नोक्सानी सहनु परेको छ ।
कुखुरालाई आवश्यक पर्ने दानाको कच्चा पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुदै जानु र उत्पादित अण्डा, चल्लाको मूल्यमा क्रमशः गिरावट आउनुले व्यवसायीहरुले ठुलो नोक्सानी व्यहोर्न परेको विज्ञप्तिमा जनाईएको छ ।
मानव शरिरका लागि आवश्यक पर्ने सवै भन्दा सस्तो मूल्यमा सहजै पाइने अण्डाको उत्पादन र खपतको अवस्थामा अत्यन्तै असन्तुलन पैदा भएको सघंले जनाएको छ । दानाको वर्तमान बजार मूल्यको अवस्था अनुसार प्रति गोटा अण्डा उत्पादन गर्न करिब रु.१०.५० लागत मूल्य परेको छ भने अण्डा उत्पादन गर्ने किसानहरुले प्रति गोटा रु.६।६६ पैसाको हाराहारीमा मूल्य पाएको अवस्थाले गर्दा प्रति गोटा रु.३.८४ पैसा नोक्सान सहनु परेको संघले जनाएको छ ।
विज्ञप्तिमा आत्मनिर्भर व्यवसायले दिनहु घाटा सहनु परेको अवस्था तर्फ राज्यको ध्यानकषर्ण गराउदै विगत केही समय अगाडी देखा परेको बर्ड फ्लु ले पोल्ट्री उपजहरुको बजारीकरण र खपतमा नकारात्मक असर गरेको भन्दै उत्पादक र उपभोक्ता बिचमा रहेको अन्तर घटाउन र आम उपभोक्तालाई निर्धक्क सग अण्डा र मासु उपभोग गर्न उत्प्रेरणा जगाउन राज्यको तर्फवाट सहयोगी भूमिकाको अपेक्षा गर्दछौ, विज्ञप्तिमा भनिएकोे छ । संघका अनुसार नेपालमा हाल दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुने गरेको तथ्याकं छ ।  आजको भण्डाफोर अभियानबाट